Skip to content

आफ्ना पराई हुँदाको शोक


कठै नि!! चोट तिमीलाई दिएर आएँ आज
भुलाउन क्लेश मनका पिएर आएँ अाज।।

हँसाउने म अरुलाई विवस अाफैँ खुसी खोज्छु
चिरिएको छाती आँशुले नै,सिएर अाँए आज।।

बहुलाएको झञ्झानिलमा सिसा चके सरि
टुटाएँ मुटु कलेजी खिएर आएँ आज।।

मुस्किल भो तिमी नभै एकै धड्कन चल्न पनि
खोजि खोजि तिम्रै याद लिएर आएँ आज।।

अज्नवी यो दुनियामा देख्छु भिड जताततै
रुदै एक्लै तिम्रै आशमा जिएर आएँ आज।

4 thoughts on “आफ्ना पराई हुँदाको शोक”

  1. शुरु सारै राम्राे । तर
    शुरु सारै राम्राे । तर अन्तसम्म त्यहि बेग रहन सकेन मित्र ।

    1. सुझावको लागि हृदयदेखि
      सुझावको लागि हृदयदेखि अाभार।अाउँदो रचनामा मिलाउने कोसिस गर्ने छु।।

  2. सुझावलाइ सहर्ष स्वीकार
    सुझावलाइ सहर्ष स्वीकार गरेकोमा धन्यवाद । कोही त तँ कोहोस‍् मलाइ अराउ पराउ गर्ने भन्छन् । धन्न तपाइँ यो लाइनको रहनु भएनछ । यसमा झन् खुसी भएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *