प्रतिशोध
“हेल्लो प्रकाश!” प्रभातले मलाई सिधा नहेरिकनै हात अगाडि बढायो। मैले बलैले हात लगेर मिलाएँ। एकाएक म पुरानो स्मृतिमा पुगे। जतिबेला मेरो मन फाटेको थियो। मन रोएको थियो। मन दुखेको थियो। मनमनै मैले उसलाई पाखे भने। कोदे भने। मलाई उसले सुन्नेगरी भन्ने विचार थियो तर भनिन । उसको टाउकोदेखि खुट्टासम्म हेरे। भनिरहनु नपर्ने ऐनाजस्तै स्पष्ट लाग्यो। के छ खबर? भन्दा टाउको हल्लाए र मर्सिटिज गाडी र त्यस भित्र रहेकी मेरी श्रीमतीलाई देखाउदै अघि बढे।
बाइस वर्षअगाडि प्रभात र म हात्तीसार क्याम्पसमा आइएस्सी पहिलो वर्षमा सँगै पढ्थ्यौ। ऊ हेर्दा हाइफाइ र स्मार्ट थियो । ऊ मधेसबाट पढ्न आको म पहाडबाट। हाम्रो चिनजान औपचारिक मात्र थियो।
