Skip to content

प्रकाश पाण्डे

प्रतिशोध

“हेल्लो प्रकाश!” प्रभातले मलाई सिधा नहेरिकनै हात अगाडि बढायो। मैले बलैले हात लगेर मिलाएँ। एकाएक म पुरानो स्मृतिमा पुगे। जतिबेला मेरो मन फाटेको थियो। मन रोएको थियो। मन दुखेको थियो। मनमनै मैले उसलाई पाखे भने। कोदे भने। मलाई उसले सुन्नेगरी भन्ने विचार थियो तर भनिन । उसको टाउकोदेखि खुट्टासम्म हेरे। भनिरहनु नपर्ने ऐनाजस्तै स्पष्ट लाग्यो। के छ खबर? भन्दा टाउको हल्लाए र मर्सिटिज गाडी र त्यस भित्र रहेकी मेरी श्रीमतीलाई देखाउदै अघि बढे।

बाइस वर्षअगाडि प्रभात र म हात्तीसार क्याम्पसमा आइएस्सी पहिलो वर्षमा सँगै पढ्थ्यौ। ऊ हेर्दा हाइफाइ र स्मार्ट थियो । ऊ मधेसबाट पढ्न आको म पहाडबाट। हाम्रो चिनजान औपचारिक मात्र थियो।

जीवनशैली कस्तो हुनुपर्छ?

जीवनशैली कस्तो हुनुपर्छ? यो नै जीवनको सर्वाधिक महत्त्वपूर्ण विषय भन्ने लाग्छ मलाई। सीमाभित्रै रहने कि असीमित हुने, कुन छनोट गर्ने? ताजुक लाग्छ मलाइ। अँझ यहाँ छनोटको हैन जिउनुको कुरा छ। जीवनशैली त जीवन बाँच्ने ढङ्ग, कला र विज्ञान हो। जीवनलाई सुन्दर र सारवान बनाउने सीप हो। विवेकपूर्ण मस्तिष्क र बिशुद्द आत्माको निरन्तर प्रयोगको अवस्था हो। अँझ भनौ- जस्तो जीवन जियो त्यही हो जीवनशैली। के यसको कुनै बिशिष्ट ढाचा हुन्छ?

आशा

मैनबत्ती सरी पग्लदै पग्लदै
आगोले खादै बिस्तारै बिस्तारै
ब्याकहोल बन्दै थिए
गोधूली साझसँगै
बिस्तारै बिस्तारै ढल्दै थिए
घायल मृग सरी घर्सदै घर्सदै छ्ट्पटीमा
अथाह पीडा बोकेर छातीमा
बिस्तारै बिस्तारै।

आवरण

म के लेखुँ? र म के नलेखुबाट लामो समय गुज्रिरहे। लेख्नु र नलेख्नुको अन्तर र प्रभाव केलाउदा केलाउदै दिन गए। स्वान्त सुखायको लागि केही लेख्ने कि भन्ने त पहिलेदेखिनै लागेको थियो तर के लेख्ने? भन्ने चाहिँ धेरै भएको छैन।

भित्र आगो छ त्यही लेख्ने कि? तर कसरी त्यो त अनुभव मात्र गर्न सकिन्छ। पर्दाले छेकेर भित्री कुरा देखिदैन र बाहिर आउन सकिरहेको छैन। कहिलेकाहीं त यस्तो लाग्छ जीवनै लेखिदिऊँ तर कसरी जब कि म बबुरो न परे जीवन नबुझेको मान्छे।

PrakashPandey

आमा म बिहे गर्दिन

जब सुन्छु समचार
तरबार बोक्न मन लाग्छ
जब पढ्छु मन
विवाहको त के कुरा आमा
घरवार सारा बेकार लाग्छ
आफ्नै बात्सल्यको चित्कार
सुन्दा सुन्दा

म को हुँ?

धेरै समय बितिसक्यो आफूलाई खोज्न निस्केको तथापि पत्ता लगाउन सकिन। आफूलाई छुन्छु। छाम्छु। नाप्छु। जोख्छु। ऐनामा हेर्छु। कहिले रुन्छु। कराउँछु। चिच्याउँछु। हाँस्छु नाच्छु। गाउँछु। ईश्वर पुकार गर्छु। सुक्ष्मदृष्टि लगाउँछु। अनि प्रश्न गर्छु- “के म यही हो ? हैन भने म को हुँ ?“ तर यतिले मेरो जिज्ञासा के मेट्थ्यो। झन झन मेरो तिर्सना र भोक बढ्दै गयो र आन्तरिक यात्रामा निस्कें।

शब्दहरुको आवाज

मौनताहरुको त म आफै
अनुमान लागाउन सक्छु
खासै डर लाग्दैन
संकेतहरू पनि अरुहरुकै लागि
हो भनेर बुझौला
तर
शब्दहरुको आवाजदेखि
खुब डर लाग्छ