Skip to content

आमा म बिहे गर्दिन

PrakashPandey


जब सुन्छु समचार
तरबार बोक्न मन लाग्छ
जब पढ्छु मन
विवाहको त के कुरा आमा
घरवार सारा बेकार लाग्छ
आफ्नै बात्सल्यको चित्कार
सुन्दा सुन्दा
आँसुहरुको धारा देख्दा देख्दा
यस्तो लाग्छ
बलात्कारको लागि छोरी जन्माउदिन
बलात्कार गर्ने छोरा जन्माउँदिन
तिमी जस्तो लुकी लुकी आँसु पुछ्दिन
दुखी नै भए पनि होऊ
दुख नै भए नि होस
म बाँच्न चाहन्छु
म हाँस्न चाहन्छु
म नाच्न चाहन्छु
त्यसैले
म पटक्कै बिहे गर्दिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *