युवराज भण्डारी
नेपाल छोडी विरानो देशमा

घरमा रुन्छिन् ती बुढी आमा फर्केर आउ है
नेपाल छोडी विरानो देशमा नेपाली नजाउ है ।
सांचेर व्यथा ह्दयभरि ती बुढी बस्दछिन
आंखामा आंशु लिएर ढल्पल मुलबाटो हेर्दछिन्
आमाको आंशु पुछ्ने नै भए फर्केर आउ है
नेपाल छोडी विरानो देशमा नेपाली नजाउ है ।
टुहुरा तिम्रा भाइवैनी छन् मसान जस्तो घर
मर्छ की दाजु लडाइमा भनी लाग्दो हो कति डर
बाबाले पनि छोडेर गए सम्झेर आउ है
नेपाल छोडी विरानो देशमा नेपाली नजाउ है ।
साहुले लुट्यो खेतबारी सबै केही छैन साहारा
कल्पन्छ कठै आमाको मन त्यो छोरो कहां छ
छातीभित्र मुटु रुन्छ

छातीभित्र मुटु रुन्छ बाहिर भने हांसेको छु
आफ्नै मनको दुनियामा वैरीभई बांचेको छु ।
शुन्यतामा उडे सपना सिमलको भुवासरी
व्यथाहरु विनास्वरै अलापेर बसुं कति ?
आफ्नै आकाश चिथोरेर सपनाहरु सांचेको छु
छातीभित्र पहाड बोकी बादल बनी उडेको छु ।
छातीभित्र मुटु …………………
सपनीमा रोपेको फूल मनैभित्र ओइलाई झर्यो
जहां जाउ आज मलाई आफ्नै सासले पोल्न थाल्यो ।
चुंडिएको जीवनरेखा आज फेरि गांसेको छु
ओइलाएको फूलमाथि शीत बनी बर्षेको छु ।
छातीभित्र मुटु …………………
जीवन खोज्दै हिड्छु

यो सडकमा म जीवन खोज्दै हिड्छु
हराएको मेरो आफ्नो धर्ती खोज्दै हिंड्छु।
रुझेका परेलीहरु खुशी किन खोज्दछन्
बल्झिएर घाउहरु आफै किन दुख्छन्
यो सडकमा म जीवन खोज्दै हिड्छु
टुक्रिएको मेरो आफ्नो सपना खोज्दै हिड्छु।
यसरी किन अध्यारोतिर मोडियो जिन्दगी
सानै चोटमा सीसा झैं तोडियो जिन्दगी
यो सडकमा म जीवन खोज्दै हिड्छु
ओइलाएको मेरो आफ्नो रहर खाज्दै हिड्छु।
कल्पना नयाँ नेपाल

नेपालको इतिहासमा दूर्भाग्यपूर्ण धेरै घटनाहरु भए, जस्तो कि भीमसेन थापाको रहस्मय पतन, मदन भण्डारी र जीवराज आश्रित अनि राजा बिरेन्द्रको हत्या।
तैपनि नेपालमा नँया संबिधान बन्यो २०७२ सालमा।
त्यसको ५ वर्ष पछि म नेपाल फर्किदा त म तिन छक परे। राजनीति अब कुनिती रहेन। सप्रिएछ नेतागणको विचार। नेपाल स्वर्ग भएछ। के चाही गरेछन यिनले यत्रो बिकाश र उपलब्धिको लागि।
१ रास्ट्रीय पहिचान
२ आपसी बिश्वाश र सफा राजनीति
३ शिक्षा, स्वाश्थ्य, कृषी, पर्यटन र यातायात विकाश
मनभित्र पोखिरहें

मनभित्र पोखिरहें सम्झनाका आँशुहरु
होश छंदै बन्द गरे बेहोशीका पलहरु
नदेखेको सपनीमा पीरै पीरले मुटु दुख्यो
विपनीमा झस्किएर सपनीलाई सम्झिरहें।
रहर मेरा पुरानै छन्, तर मन फेरिए छ
नभोगेको जीवन कथा छातीभरि कोरिएछ।
संघारैमा छोडिएछन् बटुवाका पाइलाहरु
कसैसित सारिएछन् भोगिएका यात्राहरु
साटिएको बाटोभरि घिस्रदै म हिडिरहे
कसको होला मुटु मेरो सबैसित सोधिरहे
आज कसको सम्झनामा साटिएको मुटु दुख्यो
मेरो भन्नु केही छैन मेरो मुटु कहाँ दुख्यो
हृदयका पानाहरु कसले च्याती लग्यो मेरो
शुभकामना तीजको

शुभकामना तीजको बेला
गाउने नाच्ने सांस्कृतिक मेला
आज मनमा के को रमाइलो
तीजले बनायो दिन घमाइलो।
वर्ष दिन पछि आएको चाड
हर्षोल्लास धेरै नेपाली माझ
रंगिन पहिरन परम्परा रीत
चेलीबेटी गाउछन् तीजका गीत।
सुखदुख बाडने गीतैको भाका
सम्झिन्छन् गाउँ ती डाडापाखा
गाऊ शहर राष्ट्र एकै ठाउँ आउछ
सास्कृतिक बिम्बले देश बनाउछ।
शुभकामना सबै नेपाली नारी
तीजको रमझम फुलबुट्टे सारी
सम्झेर आफ्नो नेपाली पन
माइतीघर जान्छन् तीज मनाउन।
शुभकामना तीजको बेला
गाउने नाच्ने सांस्कृतिक मेला
नशाको लत छोडी

नशाको लत छोडी फर्क फेरी जीवनमा
तिमीले चाहे फुल्नेछन् फूलहरु आंगनमा।
भोलिको बिहान संझ नबाच नशाको भरमा
नशा हो अन्धकार त्रास किन जिउछौ डरमा?
आफ्नो सपना सजाउन फर्क फेरी जीवनमा
आफुमा विश्वास गर उर्जा बढाउ मनमा।
परिवार समाज र संस्कार बिग्रन्छ नराम्रो संगतले
स्वास्थ्य र धन नाश हुन्छ पोल्नेछ आफ्नै रगतले।
एक असल उदारहण बनी फर्क फेरी जीवनमा
हजारौ जीवनलाई बाटो देखाउने अठोट गर मनमा।
नशाको लत छोडी फर्क फेरी जीवनमा
तिमीले चाहे फुल्नेछन् फूलहरु आंगनमा।
आज तिम्रो संझनामा

आज तिम्रो संझनामा मुटु साह्रै दुखेको छ
पत्थर भन्थेउ मलाई पत्थर पनि फुटेको छ।
आँफैलाई ठाउँ छैन आफ्नै मनको शहरमा
स्वाभिमानी शिर मेरो शरमले झुकेको छ।
मौनताले सिउनु पर्यो मेरा यी अधरहरु
जीवनको नाउ आज मजधारमा रुकेको छ।
झुक्याएर कहाँ गयौ मेला जाने निहुँमा
हृदयमा बिश्वासको धनु पनि टुटेको छ।
आज तिम्रो यादमा जीवन मेरो डुबेको छ
सागर भन्थेउ मलाई सागर पनि सुकेको छ।
