Skip to content

गोरखापत्र दैनिक

सपनतीर्थ मेलाको किंवदन्ती र महत्व

काठमाडौँको उत्तर–पश्चिम भेगमा अवस्थित टोखामा हरेक वर्ष नयाँ वर्षको वैशाख १ गते सपनतीर्थ मेला लाग्छ । सपनतीर्थ शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा अवस्थित छ । जात्राको सुरुआत कहिले र कसरी सुरु भयो भन्ने खोजकै विषय हुन सक्छ । चैत मसान्तको दिन बागद्वार पुगेर वैशाख १ गते सपनतीर्थमा स्नान गरी टोखाको बिस्केट जात्रा अवलोकन गर्दै भक्तपुरको बिस्केट जात्रामा सहभागी हुने भन्ने लोककथन छ ।

रातो मत्स्येन्द्रनाथको बाह्रवर्षे मेला

नेपाल विविध धर्म र संस्कृतिमा संसारमै धनी मानिन्छ। काठमाडौं उपत्यका मन्दिरै मन्दिरले भरिएको शहर, जहाँ बाह्रैमहिना कुनै न कुनै जात्रा तथा पर्व भइरहेको हुन्छ । अँझ भनौं नेवार समुदायभित्र हुने अनेक चाडपर्वहरूमध्ये ललितपुरमा हुने नेपालकै सबैभन्दा लामो समयसम्म मनाइने पर्व रातो मत्स्येन्द्रनाथ रथयात्रा हो ।

मनभित्र पोखिरहें


मनभित्र पोखिरहें सम्झनाका आँशुहरु
होश छंदै बन्द गरे बेहोशीका पलहरु
नदेखेको सपनीमा पीरै पीरले मुटु दुख्यो
विपनीमा झस्किएर सपनीलाई सम्झिरहें।

रहर मेरा पुरानै छन्, तर मन फेरिए छ
नभोगेको जीवन कथा छातीभरि कोरिएछ।
संघारैमा छोडिएछन् बटुवाका पाइलाहरु
कसैसित सारिएछन् भोगिएका यात्राहरु
साटिएको बाटोभरि घिस्रदै म हिडिरहे
कसको होला मुटु मेरो सबैसित सोधिरहे
आज कसको सम्झनामा साटिएको मुटु दुख्यो
मेरो भन्नु केही छैन मेरो मुटु कहाँ दुख्यो
हृदयका पानाहरु कसले च्याती लग्यो मेरो

लुई ब्रेल र लुई लिपि

लुई ब्रेलको सम्झनामा विश्वभर ४ जनवरीको विश्व ब्रेल दिवस मनाउँदै आएको छ । लुईले दृष्टिविहीनहरूका लागि ब्रेल लिपिका आविष्कार गरेका हुन् । उनले गरेका योगदानको बारेमा चर्चा गर्नु यहाँ सान्दर्भिक होलान् भन्ने ठानेका छौं ।

सयौ वर्षसम्म अन्धाहरूले कहीँ कतै पढ्न पाएको थिएनन्, जब लुई लिपीको आविष्कार भयो अनि आँखा नदेख्ने दृष्टिविहीनहरूका लागि लुई ब्रेल देवता र लुई लिपि विश्वविद्यालय सावित भयो ।

रातो मत्स्येन्द्रनाथ रथयात्रासँग भोटोजात्राको सम्बन्ध

नेपाल सानो भएतापनि विविध धर्म र संस्कृतिमा भने संसारमै धनी मानिन्छ । नेपाल अर्थात् काठमाडौं उपत्यका मन्दिरै मन्दिरले भरिएकोे शहर, जहाँ बाह्रैमहिना कुनै न कुनै जात्रा तथा पर्व भइरहेको हुन्छ । अझ भनौं नेवार समुदायभित्र हुने अनेक चाडपर्वहरु मध्ये ललितपुरमा हुने नेपालकै सबैभन्दा लामो समयसम्म मनाइने पर्व रातो मत्स्येन्द्रनाथ रथयात्रा हो ।

पीडाबाट मुक्तिको प्रश्न

नेपाल आधुनिक युगमा प्रवेश गरिसक्दा पनि यहाँको समाजमा हिंसा, शोषण, भेदभाव जस्ता अमानवीय कार्यले जरा गाडेकै छन् ।

रक्तदान गर्न डराउनु पर्दैन

विलियम हार्भले सन् १६१६तिर प्राणीमा रक्त प्रवाह हुन्छ भन्ने तथ्य पत्ता लगाएका थिए भने सन् १८१८मा बेलायतका डा. जेम्स् ल्वेन्डले मर्न लागेको एक बिरामीलाई मानिसको रगत संचार गराउने प्रयास गरे । सन् १९००मा अष्ट्रियाका डा. कार्ल लेन्डस्टेनरले A, B, C, रक्त समुह हुन्छ भन्ने पत्ता लगाए भने सन् १९१४मा बेल्जियमका डा. हस्टिनले रगतलाई शरीर बाहिर बोटलमा सोडियम साइटेट रसायनको सहायताले नजम्ने गरी रगत राख्ने तरिका पत्ता लगाएका थिए ।

नेपालमा आत्महत्याको वृद्धि किन ? -त्रिचन्द्र प्रतीक्षा

पत्र-पत्रिकाहरुको पानामा कहिं न कहिं कुनै न कुनै तरिकाबाट आत्महत्याको समाचारले ठाउँ ओगटेको पाइन्छ । एकप्रकारले मन्द विषसरी फैलिरहेको छ- हाम्रो समाजमा आत्महत्याको श्रृंखला । किन यसरी तिब्र गतिमा फैलिरहेको छ? यो सोचनीय र चिन्ताको विषय हो ।

मानिस एक संवेदनशील प्राणी हो । ऊ एक्लै जीवनयापन गर्न सक्दैन । जीवनका उतारचढावहरुलाई उसले जसरी पनि समाधान गर्नुपर्ने हुन्छ । विभिन्न किसिमका घटनाहरु मध्ये आत्महत्या अति महत्वपूर्ण घटना हो । आत्महत्या गर्नु आफैंमा एक अपराध हो । तर मानिस किन आत्महत्या गर्न चाहन्छ ! जो कसैमा खुल्दुली हुनु स्वभाविक हो । आत्महत्या कसैको रहर र इच्छाका कारणले हुँदैन । सामान्यतयाः कसैले दिएको मानसिक यातना वा पीडा नै आत्महत्याको कारक हो ।

होली पर्व कहाँ कसरी – त्रिचन्द्र प्रतीक्षा

हिमालयन बैंकमा कार्यरत संगीता श्रेष्ठलाई होली पर्व निकै मन पर्छ तर बेला न कुबेला हप्ता दिन अघिदेखि बाटोमा हिड्नै अप्ठ्यारो हुने गरी प्लाष्टिकमा पानी भरेर छाप्ने परम्पराले निकै दिक्क छिन् ।

खतरा भूकम्पको

नेपालमा जाने भूकम्प ज्वालामुखी विस्फोटनको प्रभावबाट प्रभावित नभएर बरु यहाँको सतह नमिलेको अस्थिर जमीनको कारणबाट हुने गर्छ किनभने भू–निर्माणमा कान्छो पर्वतमाला हिमाली क्षेत्रलाई मानिन्छ । त्यसैले यसको उत्थान क्रम अझै जारी भएकाले नमिलेको सतहमा दबाब परेकाले समय–समयमा यस क्षेत्रको भित्री भागमा कम्पन पैदा हुन्छ । भूगर्मशास्त्रका अनुसन्धान अनुसार हिमाली क्षेत्र एक करोड वर्षमा झन्डै एक सय किलोमिटर जति दक्षिणमा खस्किएको छ ।

हिन्दू र बौद्ध परम्परामा नागपूजा

नेपाली समाजमा नागलाई पूजा गर्ने चलन परापूर्वकालदेखि चलिआएको छ, हरेक वर्षो साउन शुक्लपक्ष पञ्चमीलाई हामी हिन्दू धर्मालम्बीहरूले नाग पञ्चमीको रूपमा नागको प्रतिविम्ब (चित्र) लाई भित्तामा टाँसेर पूजा गर्ने गर्दछौं, नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्यम, तक्षक, कुलीर र कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको भय र विपत्ति हुँदैन भन्ने जनविश्वास रहिआएको पाइन्छ ।