Skip to content

मेरी मायालु तिमी पुर्णिमाको जून जस्ती


मेरी मायालु तिमी पुर्णिमाको जून जस्ती
जति सुन्यो उति मीठो बाँसुरीको धुन जस्ती।

टाढा नहुनु यी नयनबाट धैर्य टुटी सक्यो
छोडी नजानु चाहनाको ज्वार उठिसक्यो
मेरी मायालु तिमी सागरको लहर जस्ती
जति हेर्यो उति राम्री फूलैफूलको शहर जस्ती।

तिम्रा ती नशालु नजरले लगायो मोहनी
तिमी प्रितीको रंग तिमी जीवन संगिनी
मेरी मायालु तिमी देउरालीको पिपल जस्ती
जति भोग्यो उति प्यारो चन्द्रमाको शितल जस्ती।

मेरी मायालु तिमी पुर्णिमाको जून जस्ती
जति सुन्यो उति मीठो बाँसुरीको धुन जस्ती।

Leave a Reply

Your email address will not be published. Required fields are marked *