Skip to content


वर्षौ पहिले
राजा राजौटा को मर्जीले सुरु भई
अन्त्यको घोषना पनि भो धेरै अघि
तैपनि केही पुरातनवादी रुढीवादीहरू
अँझै लगिरहेछन् जातको पछि पछि।

कागले कान लग्यो भनेर
कागकै पछि दौडने
कहिले हो चेतना जाग्ने
कहिले जीवन सत्मार्गमा मोड्ने?

के हो जात?
के हो जातभात?
जो जहाँ जन्मे पनि
मान्छे हुदैन र समान?

जातीय बिभाजन भन्दै
को हो हल्ला मच्चाउने?
सयौं वर्ग अनि जात रे
देश, कति टुक्रा लगाउने?

के छ आधार
जात बेग्लै हुनलाई?
कसले बगाउछ रंगिन आँशु
मनको पीर धुनलाई?

आँशु उस्तै छ
हाँसो उस्तै छ
रगत उस्तै छ
जगत उस्तै छ।
देखाऊ के छ फरक
तिमी बेग्लै छौ भने
फेरि के को मारकाट
सबै नेपाली हौ भने?

आफ्नै भाइ मारिदा
अर्कोले तमासा हेर्ने
भोलि तमासे फेला परे
अरुले के गर्ने?

मित्था,
आफ्नै दाजुभाइलाई
यति धेरै अपमान
नेपाली नेपाली बीच
त्यति बढी तिरस्कार?

देश र माटोको माया
यदि छ भने दाजुभाइ
नेपाली सर्बोच्च सम्झी
जातको पूर्ण विराम सधैलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *