घरमा रुन्छिन् ती बुढी आमा फर्केर आउ है
नेपाल छोडी विरानो देशमा नेपाली नजाउ है ।
सांचेर व्यथा ह्दयभरि ती बुढी बस्दछिन
आंखामा आंशु लिएर ढल्पल मुलबाटो हेर्दछिन्
आमाको आंशु पुछ्ने नै भए फर्केर आउ है
नेपाल छोडी विरानो देशमा नेपाली नजाउ है ।
टुहुरा तिम्रा भाइवैनी छन् मसान जस्तो घर
मर्छ की दाजु लडाइमा भनी लाग्दो हो कति डर
बाबाले पनि छोडेर गए सम्झेर आउ है
नेपाल छोडी विरानो देशमा नेपाली नजाउ है ।
साहुले लुट्यो खेतबारी सबै केही छैन साहारा
कल्पन्छ कठै आमाको मन त्यो छोरो कहां छ
गाउंघर सम्झी अब त छिटै फर्केर आउ है
नेपाल छोडी विरानो देशमा नेपाली नजाउ है ।