१)
घाम लागे पनि बादल हट्न सकेन
आँखा जुधे पनि माया बस्न सकेन
आँखाबाट परपर भाग्न थाले निद
दिन बिते पनि रात कट्न सकेन ।
२)
आकाश गर्जिए पनि वर्षा भएको छैन
फूलहरु फुलेपनि बासना चलेको छैन
पबित्र प्रेमको लागि पुकार धेरै गरे
उनको मनको ढोका अझै खुलेको छैन ।
