Skip to content

सुरेन्द्र पोखरेल

नेपाल आमा रोएकी छिन

नेपाल आमा रोएकी छिन दुख मार्नु गणतन्त्र
अभाव दुख भोकमरीलाई पुरै फाल्नु गणतन्त्र ।

बेरोजगारी र बैमानीले खोक्रो परिसक्यो देश
गरिबको घरको चुलो सधैं बाल्नु गणतन्त्र ।

मेरो सर्टिफिकेट

मेरो आँगनमा उभिएको अग्लो असोकाको बोट
कहिल्यै सुक्दैन,
ऊ काटिरहन्छ सबै हाँगाबिगाहरू
जहिल्यै हरियो बनेर पलाउँछ
काले त्यही हागो हेरेर
हातमा सर्टिपिकेट बोकेर दुनिया बिर्सन्छ ।

SurendraPokharel

विश्वकपको जात्रा

२०१८ को रूसमा एक जात्रा चलिरहेछ
जसमा ३२ वटा देश आफ्ना ३२ वटा दात देखाउदै नाचिरहेछन्
८४ हजार दर्शक प्रत्येक्ष दर्शी छन् १०८ लाख अपत्यक्षदर्शी
४ वर्षमा हुने यो जात्रामा अनेक देखिन्छ ।

जब सुरू हुन्छ यो जात्रा ९० मिनेटसम्म चल्ने
त्यसपछि शुरू हुन्छ असली जात्रा हाम्रा फेसबुकका वालहरूमा
शुरूहुन्छ हावा नदिने पङ्खाहरूको बहाव
फुर्न थाल्छन टुइटेका टुइट

पचासौंको भीड

पचासौंको भीड अनि कोटेश्वरको जामसँगै
यात्रु हामी गन्तव्यको उनको मेरो गाउँसँगै

हरेक साझ बिहानीको स्मृतिमा रहिदिंदा
जोडिदिऊँ कि क्या म नि मेरो पुच्छे नाउँसँगै

आगो

मान्छेको एक संकारमा अन्तिम अंकमाल गर्ने साथी,
आगो
हेर्दा निश्पक्ष तर असाध्यै पक्षपाती
घरबारी खरवारी गोठ बगैचा किन शुरूशुरू गको
ठुलोठुलो महलतिर किन नग’को
बल्लबल्ल सिहदरबार छिर्न पाको त्यै पनि आदामात्र किन खाको
मलाई शंका छ आगोले घुस खाको