पचासौंको भीड अनि कोटेश्वरको जामसँगै
यात्रु हामी गन्तव्यको उनको मेरो गाउँसँगै
हरेक साझ बिहानीको स्मृतिमा रहिदिंदा
जोडिदिऊँ कि क्या म नि मेरो पुच्छे नाउँसँगै
जति दुख गरूँ आखिर प्रगति त भाकै हैन
साथी भन्छ जाऊ अब मेनपावरको साहुसँगै
बा आमा र आफ्न्त नि बसेका छन् मुटुभित्र
मेरो खुसी त्यतै दिनु भन्छु अब भगवान सँगै
