Skip to content

गोविन्द बहादुर विक विवस

रुप रंगको श्रृगांर

रुप रंग अनि श्रृंगार सजाएको देखेर ।
तिम्रो पहिचान अनि लजाएको देखेर ।।
आजभोलि म यहाँ सधै एक्लै बसेको छु ।
कसैको रिसवी चल्छ बाजा बजाएको देखेर ।।
अभागिकालिकोटे

मेरो मन

मेरो माया मनमा राखि ठहर भएपछी ।
मैले पिऊने पानि मुहान जहर भएपछी ।।
कसैको माया होला म बसेको त्यो दीनमा ।
गजल लेख्न मन लाग्यो रहर भएपछी ।।
अभागि कालिकोटे

नसम्झे मलाई

नसम्झे मलाई विरानु धन लिएर आऊने छु ।
पराईको अर्थ छैन मन लिएर आऊने छु ।।
झस्कीएर बसेको छु यहाँ तड्पीएर भुमिमा ।
छातिमा भाला ठोक्ने घन लिएर आऊने छु ।।
अभागि कालिकोटे

कसेको नाममा

कसैको नाममा पनि मेरो आँसु झर्न दिन्न अब ।
जिन्दगीको कठघेरामा ,केही पनि पर्न दीन्न अब ।।

दुनियाले भुलाउन खोज्दैछन,मुना मदनको कथा परेर ।
मेरो लागी मर्छु भन्ने मान्छेलाई मर्न दीन्न अब ।।

जुनि जुनि भरमा तिमिले कसैको सिन्दुर पईरीसकेकी ।
सागर हो त्यो बगरको कतै तर्न दीन्न म ।।

कीन तिमि मेरो कुराको वस्था नै गर्दीनौ ।
म बाट कुनै ठाँऊ तिमिलाई सर्न दिन्न म ।।

कसैको नाममा पनि मेरो आँसु झर्न दिन्न अब ।
जिन्दगीको कठघेरामा ,केही पनि पर्न दीन्न अब ।।

गोविन्द बहादुर बिक
कालिकोट रकु
हाल जिल्ला निर्वाचन कार्यालय,कालिकोट

भुकम्प बारे

कहिले भूकम्प त कहिले बन्दले सताउँछ किन ?
ग्याँस छैन चुलो छैन कही अताउँछ किन ?

कहिले बैठक त भारत धाउन ठीक्कै हुन्छ नेतालाई
सीमानाको त कुरौ छैन इन्धन अनि तेल कटाउँछ किन ?

दु:ख चिन्तामा परेकाछौ,

दु:ख चिन्तामा परेकाछौ, हामीलाई हाँस्न देऊ
केही त अब गर्न सक्छौ, खुसीहरू साट्न देऊ

बरु हामी मर्न तयारी छौ, टाढा भाग्न देऊ
दुख पीडा नदेऊ हामीलाई, सक्छौ भने बाँच्न देऊ

अभागी गोविन्द
कालिकोट
हाल जिल्ला निर्वाचन कार्यालय कालिकोट

बाचुन्जेलको हाँसो

बाचुन्जेल दुनियाँको हाँसो भएँ सधैं म।
स्वार्थीहरूको संसारमा खाँचो भएँ सधैं म ।।

आफ्नो खुशी चाहना जति अरुकै निम्ति सुम्पे जब ।
बन्द त्यही पिंजडाको साँचो भएँ सधैं म।।

राम्रो बोली मिठो वचन जति बोल्दै गए पनि।
त्यो घाँटीमा खस्खसाउने कासो भएँ सधैं म।।
गोविन्द अभागी
DEO kalikot

यहाँ नेपाललाई आफ्नो माया

यहाँ नेपाललाई अाफ्नै ,नाम चाहीएको छ ।
हरेक नेपाली नागरीकलाई,काम चाहीएको छ ।।

के बार्ता गर्छौ ए नेताहरु, गुफा जस्तो दरबारमा बसी ।
कसैलाई राज्य चाहीएको छ ,कसलाई गाम चाहीएको छ ।।

कहाँ हेर्दै छौ तिमि भारतको ,चपेटामा परी ।
कहीले चिन भन्दैछौ , फेरी तराई जाम चाहीएको छ ।।

20151021_155102

शाथीको मित्र

शाथिको मित्रता कस्तो हुन्छ हेरर भन्न सक्छौ ।
सत्रुतताको सत्रुता कस्तो हुन्छ फेरेर भन्न सक्छौ ।।

म नै दुखी छु कसलाई के थाहा हुन्छ ।
तिमिले लेखेको यो मुटुको नाम केरेर भन्न सक्छौ ।।

अभागी को पिडा
गोविन्द बहादुर बिश्वकर्मा
कालीकोट ।

चोखोमा

चोखो मायाको दील छ भने झड्का नहान ।
एक छीन कतै मर्नु छ भने फड्का नहान ।।

भो भैगो मायामा हार खाई सके मैले ।
मुटुले ठाँऊ छोड्छ भने धड्का नहान ।।

बाहानामा माया मात्र हुन्छ भन्छन ।
विछोडको घाँउ बल्झिन्छ भने चड्का नहान ।।

अभागी गोविन्द बहादुर विक
कालीकोट

….।

कालोकेसमा

कालो केसमा रातो मेहन्दी टल्काई रणकीले ।
हातमा मोबाइल काखमा केटा पल्काई रणकीले ।।

उनको लागी मैले भने ,जिबन जिउन सिक ।
मैले बोले हाइ भनि मुन्टो ढक्काई रणकीले ।।

मर्ने होईन बाच्न सिक,संघर्ष गरेर भएपनि ।
बल्झीएको यो मुटुमा ,आगो सल्काई रणकीले ।।,

मैले गरे विहेको कुरा ,फोन गर्दा पनि ।
कुरा गर्दा गर्दै गरे ,अल्काई रणकीले ।।

गोविन्द बहादुर अभागी
रकु ४ सेरीज्युला
हाल जिल्ला निर्वाचन कार्यालय कालिकोट

सोझो मन

म सोझोलाई झुटो माया लाएर के पायौ ।
दीन रात मलाई तिमिले रुवाएर के पायौ ।।

आफ्नो ठाँनि माया गरे पराई ठानी गयौ फेरी ।
तिम्रो नाममा तड्पीएको म तड्पाएर के पयौ ऽ।।

तिमिले मलाई जिवनमा विर्सिने गरी कीन ।
मुना मदन जस्तै कथा बनाएर के पयौ ।।
गोविन्द बहादुर विक

हर रात मेरो सिरानीमा

हर रात मेरो सिरानी आँसुले भिजेको हुन्छ ।
तिम्रो यादमा हरेक दीन मन जलेको हुन्छ ।।

कति छ यो मुटुमा वेदना तिमीलाई के थाहाँ ।
प्रतिक्षा गर्दैा गर्दै सधैं भरी यो शरीर गलेको हुछ।।

गोविन्द बहादुर विश्वर्कमा
कालिकोट