Skip to content

कालो केसमा रातो मेहन्दी टल्काई रणकीले ।
हातमा मोबाइल काखमा केटा पल्काई रणकीले ।।

उनको लागी मैले भने ,जिबन जिउन सिक ।
मैले बोले हाइ भनि मुन्टो ढक्काई रणकीले ।।

मर्ने होईन बाच्न सिक,संघर्ष गरेर भएपनि ।
बल्झीएको यो मुटुमा ,आगो सल्काई रणकीले ।।,

मैले गरे विहेको कुरा ,फोन गर्दा पनि ।
कुरा गर्दा गर्दै गरे ,अल्काई रणकीले ।।

गोविन्द बहादुर अभागी
रकु ४ सेरीज्युला
हाल जिल्ला निर्वाचन कार्यालय कालिकोट

1 thought on “कालोकेसमा”

  1. Gobinda Bahadur Biswokarma

    भाला रोपेझै तिरस्कारको वाण
    भाला रोपेझै तिरस्कारको वाण हान्न नखोज ।
    विडम्बना हुन जाल कतै फेरी धान्न नखोज ।।
    भो भैगो यो छातीमा कती भाला रोप्छौ ।
    प्रेम गर्छु भनि आफै आफैमा जान्न नखोज ।।
    हातको हत्केला हो चक्र देखीन्छ होला ।
    यसमा विसहोला पक्कै हान्न नखोज ।।
    नदेखिन्छ यहाँ न मेटीन्छ यहाँ ।
    यो कसको हो को हो चिन्न नखोज ।।
    गोविन्द बहादुर विक
    कालिकोटे

Leave a Reply

Your email address will not be published. Required fields are marked *