जंघार त म तर्दै तर्दिन देख्दा नि डर लाग्छ
फुल बगैचा सानो छ भाचुँ भने कर लाग्छ
के म कुरा गर्न सक्दिन र उनको माझमा अचेल
कसैसित बोल्दिन म उनी बोले भर लाग्छ
कति होलान् तिम्रा कहानी भनु भने कति भन्नु
लेखौं भने शान्तिको गजलबीचमा किन तर लाग्छ
गोविन्द बहादुर बिक
कालिकोट
