Skip to content


यो जीवन आज मरुभूमिको बास हुने भो
फुल्न नपाई कोपीलामा नै नास हुने भो

बुन्दै थिए म हजारौ सपना केहीछिन बाँचुञ्जेल
पराईको मुलुकमा आज दास हुने भो

म बाँचुञ्जेल मेरा सपनाहरू अधुरा हुने भए
जिन्दगी आज धड्कन विनाको लास हुने भो

गोविन्द बहादुर विश्वकर्मा
कालिकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *