Skip to content

विशाल ढकाल

नाता

मान्छे अणु बीचको संगम हो । बेजोड प्रेम हो । अणुको मोल कति सोध्छौ यदि,तिमी मानवको रुपमा दानव हौ । म दिक्पाल छु । मेरा रौँ हमेशा ठाडाका ठाडै हुन्छन् । म दिक्पाल हुनुमा मुस्कान छ । हड्डी र मासुबीचको दन्ते मुस्कान । म आफूलाई अभागी भनू या बालिश । दुवैमा मेरो शिर अचल छ । मलाई मतलवको लवजसँग केको भय । अलङ्कारिक रुप ठोस सत्यको त्रुटी हो । मनबीच बस्ने ईश्वर जब जाग्दछ,नवीन जीवनको श्रीगणेश हुन्छ । आकारन्मुख रस जोगीको स्वप्ना हो र ? जोगीको भेषमा एक प्याला मुस्कान खोज्ने जुर्रत जसले गर्छ म त्यसलाई बुद्धको उपनाम दिन्छु । सायद मै मूर्ख हो कि सवालको धजिया उडाउँने ।

एक पाइलादेखि हजार माइलसम्म

मान्छेको सोच सिमापार छ।तरङ्गी छ मान्छे ।कल्पनाको समतलमा हमेशा तैरिरहन्छ मान्छे।यही सफेद सत्य हो।चरीको प्वाँखमा जादूको सुस्केरा भेट्छ मान्छे अनि अाफूलाई त्यही अनुरुप ढाल्नको अौचित्य खोज्छ।यस चैतन्यको ठोस उन्माद सायद परमेश्वरलाई अवगत होला।लतारिनु फुलबुट्टे कमि हो जसले जमिनको रहस्यलाई उन्मुख बनाउछ।यो सानो क्षुद्र यहीँ कतै छिपेको छ।म चरीको प्वाँखमा हैन विचारको प्वाँखमा डुबुल्की लिने पागल हुँ।त्रुटी मेरो नासो सरि छ।मेरो मगजमा गिदीको सट्टा ताराङ्कीत जडानहरुले हक जमाएका छन्।मलाई चैतन्यको स्वरुप कस्तो छ भनेर नसोध।म निरुत्तर छु।स्वच्छन्दता यही नभएर के हो त।मिठास केलाई भन्छौ तिमी?रसमा के तिमी अाकार देख्

लकीर (छन्द : मात्रिक)

बहुत राजमा उल्झिँदो अजीव मनोहर
बृहत् अाहटमा बोलावट रह्यो निरन्तर

पण्डित्याइँ प्रहशनले श्री गणेश जो गर्दो
पुलकित सासमा कण्टिकाको हवन भर्दो

BishalDhakal

ईश्वरका टुना र विशाल (छन्द : भुजङ्गप्रयात)

टुनाबीच मायालु मन्का सवार
सफेदी लता पक्डि सन्का गवाँर
निशा जिल्ल उम्दा सराबी बयान
उषा झट्ट अाई लिई मन्द गान ।।

जहाँ यो निलो व्योमको अोत लाई
म मेरा टुनामा कता हो हराई
बुनी एक स्वप्ना म फर्केर अाएँ
घना तेज रात्री फनामा निदाएँ ।।

प्रकृति जादूप्रति

१)
विराटीको उच्चतलमा समतल
मेरो मन !
ससाना क्षुद्रमा लुटिएको
मेरो धन !
उमङ्गी अाँचलझैँ फैलिएको
मिठो कञ्चन !
उषा तल्लो निशा उपल्लो
कस्तो रञ्जन !
यिनै चिजबिजमा लुब्धित
मेरो चिन्तन !
कहाँ यो अाई लाउँछ मलाई
मिठो कल्पन !

२)
सत्य लिला रचित दृश्य
सुन्दर म देख्दछु !
वाचाल मेरा मनका सिसा
झल्लर म कुरेत्दछु !
छिर्काले रङ्गीत भुवनबीच
जन्तर म फेँक्दछु !
यसै समा यसै रङ्गमा हाँस्दा
चिल्लर म सम्हाल्दछु !

३)
जीवन पुष्प लालित्य चढ्छ
पुलकित सास विषे गढ्छ !

४)
सङ्गमर्मर लिप्तित दृग दिल
मिठास् कुुर्लि राल झार्छ !
कुसुम भिरङ्गी पल्लवी अाई
नवल अनेक छाल सिँगार्छ !

कायापलट

कायापलट ! कायापलट !
सुन्दर कायापलट !
जब उसको सूक्ष्म क्षुद्रले नजर लगाउँछ,
एक अाभाष जागेर उजिल्याउँछ
चमत्कारी खुदको लक्ष्य छ
जब सान्दारको ताज पहिरिएर
उसको माथ टाउकोहरु माझ उभिन्छ,
ऊ नरसिंह नभई,अमिर देवमनुष्य बन्दछ
बिलक्षणका भोकहरुलाई छाम्दछ,
अभिलाषाका सिखालाई सिंगार्दछ,
दोटा सर्गमका साइत छन्
ऊ दोटै समात्न चाहन्छ
वालिश उसैमा ठोस छ
किन्तु उसका तरल विचार,
पाखण्डी दिलका खोचँ छ
सुन्दर क्रुर यापन छ
यिनका यसै चाल अनि ताल छ
जुन् चलेर वा जमेर उसै अडेको छ
ऊ साइतमा बेसाइत
उसका उच्चतामा कपटीपन
उसका खुला सोचमा सङ्कीर्णता
जसै जमाना यसै सोच्दछन्
ऊ पोखिन्छ,ठेलिन्छ अनि रङ्गिन्छ

तृष्णा ( छन्द : चौपाइ )

जसै तलाउ छल्की छल्की किनार लागि उफ्र्यो
               चिजवस्तु छालका देखिकन भित्री मौन फुर्क्यो
बितिकन किनारा मौनले सिमाना बनाथ्यो
               निर्जनमा पिर्लिक्क पिर्लिक्क रोशनी सजाथ्यो ।।

अहो यो विचित्र समाबीच अाहाट सुनौलो
               मलिन दिलका कुनाबीच बनोट ठट्यौलो
अश्रुधारा चम्की मुस्कान बम्की अाश जगायो
               खोली गुप्त चिजबिज हलुका राग बसायो ।।

विलिन मस्तिष्कमा विलिन हर ज्योति प्याला
               तानाबाना मिठा सुनी नसुनि द्वार उज्याला
अजिब लोकबिषे जनम सुन्दर मिठो भो
               लुटुपुटी कसकसमा दुई दिन छिटो भो ।।