Skip to content

प्रकृति जादूप्रति

१)
विराटीको उच्चतलमा समतल
मेरो मन !
ससाना क्षुद्रमा लुटिएको
मेरो धन !
उमङ्गी अाँचलझैँ फैलिएको
मिठो कञ्चन !
उषा तल्लो निशा उपल्लो
कस्तो रञ्जन !
यिनै चिजबिजमा लुब्धित
मेरो चिन्तन !
कहाँ यो अाई लाउँछ मलाई
मिठो कल्पन !

२)
सत्य लिला रचित दृश्य
सुन्दर म देख्दछु !
वाचाल मेरा मनका सिसा
झल्लर म कुरेत्दछु !
छिर्काले रङ्गीत भुवनबीच
जन्तर म फेँक्दछु !
यसै समा यसै रङ्गमा हाँस्दा
चिल्लर म सम्हाल्दछु !

३)
जीवन पुष्प लालित्य चढ्छ
पुलकित सास विषे गढ्छ !

४)
सङ्गमर्मर लिप्तित दृग दिल
मिठास् कुुर्लि राल झार्छ !
कुसुम भिरङ्गी पल्लवी अाई
नवल अनेक छाल सिँगार्छ !
प्रमूदित उल्झन एक
मुहार अनेक
चक्षु हेर्छ प्रत्येक
दिमागका अनि दिलका
गस्ती उदेक !
सरिता बग्छिन् निश्छल
उदक निर्मल !
सुसाउँछिन् बाङ्गा टिङ्गा
सिँगौरी अब्बल !
सागर बगि जानू छ
भेट्नलाई मोती !
लहर लहरी छोई
एक उमङ्ग बोक्नू छ
मुहार जोती !

५)
समीर छुवाई तरङ्ग ल्याउँछ
सृष्टिको छुचुन्द्रे !
मारुत वेग कैले छाल हान्छ
नक्कले मुसुमुन्द्रे !
मनको डोरी चङ्गा उपर भिर्छ
उत्ताउले दरिद्रे !
रनवनका रङ रङ्गाउँछन् उसै
ठट्यौले कविन्द्रे !
मिठा रुन्छन् बलिन्धारा
स्वर्गकै इन्द्रे !
अनेक भाषा एक गीत निकाल्दो
मनको समुद्रे !

६)
मानिसका ताँती फैलिएको
यिनै प्यारी भुवन !
चरीबरीका गुन्जन सुरिला
सुनिन्छ सुमन !
चिचिल्ला बकुल्ला खेल्दछन्
छिछिर्का बल्दछन् !
हरिया पिरती झुल्दछ
मिठा नूतन !
गगन श्रीमान् , पाताल श्रीमती
चल्दछ राज उसैको
ताराङ्कीत उज्जवल पवन !
मानिसका रीतिरिवाज उसमा
उठाउँदछ जेल्लिएको भवन !
सुरसंसार मृग नयन झैँ न्यानो
एक तपोवन,
खोज्तछ बहन !
सृष्टि वन , प्रकृतिमा झन्
रङ्गिन्छ मन वदन !

७)
अनन्त तिलस्मी तरङ्ग
रङ्ग !
उद्गार दिल दिवाना
दङ्ग !
पारी ध्यान मग्न
भङ्ग !
भेटाई ल्याउँछ जादू
सङ्ग !

८)
मानसपटल तौल ठूलो बस्तछ
ह्वाङ्ग !
मन टम्म तेज पड्कन्छ
ढ्वाङ्ग !
तित्तर बित्तर छाल छिर्कना
भ्वाङ्ग !
फैलिन्छ ईश्वरी बाँस रहेको
सर्वाङ्ग !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *