कायापलट ! कायापलट !
सुन्दर कायापलट !
जब उसको सूक्ष्म क्षुद्रले नजर लगाउँछ,
एक अाभाष जागेर उजिल्याउँछ
चमत्कारी खुदको लक्ष्य छ
जब सान्दारको ताज पहिरिएर
उसको माथ टाउकोहरु माझ उभिन्छ,
ऊ नरसिंह नभई,अमिर देवमनुष्य बन्दछ
बिलक्षणका भोकहरुलाई छाम्दछ,
अभिलाषाका सिखालाई सिंगार्दछ,
दोटा सर्गमका साइत छन्
ऊ दोटै समात्न चाहन्छ
वालिश उसैमा ठोस छ
किन्तु उसका तरल विचार,
पाखण्डी दिलका खोचँ छ
सुन्दर क्रुर यापन छ
यिनका यसै चाल अनि ताल छ
जुन् चलेर वा जमेर उसै अडेको छ
ऊ साइतमा बेसाइत
उसका उच्चतामा कपटीपन
उसका खुला सोचमा सङ्कीर्णता
जसै जमाना यसै सोच्दछन्
ऊ पोखिन्छ,ठेलिन्छ अनि रङ्गिन्छ
झुटाबीच खुशीको छाल अाउँछ
किन या कसोरी ?
विलासी मीठो झुट हो
मृगतृष्णा त्यो अटुट हो
उराठबीच बितेर काल जो
फड्कि किन्तु हर साल जो
बसन्तबिषे नयाँ राग अाई
पुन सुगम मीठो मस्त छाई
बेहोसी ताज सब पैरी
हाँसी एकै पटक वैरी
न्यानो झट्ट अनि अाई
मुलायममा हद नै ल्याई
टुटेफुटेमा नजर जोडी
चढी जाला ईश घोडी
हत्केला अनि मगज साथमा
उजिल्याउँछ जगत रातमा
झिना उम्दा शिथिललाई
मलमले झट्ट विधीलाई
स्वप्ना जो चट्ट बुन्दथे
एकै मालामा झट्ट उन्दथे ।।
तितो पातीमा मिठास् अर्थहीन
जब सकलको सोच छ
उसका कोरा मगज जसै बल्दछ
तितोबिषे रस भेट्तछ,
सुन्दर चकोर यूग यो
काला गोरा सरि यो
नयनका डबल घुमाई घुमाई
लोकै देख्छ जब
गलल्ल गलल्ल सकल
तब पनि ऊ
दिलबीचका कोमल उघारी
झिना तुच्छै,कौन ? सब देख्छ
झलल्ल झलल्ल सकल
एक काल छ,
अजीब चढाव अनि घटाव छ
बिति गका काल सुन्दर पछि
अाउने यूग मिसाल छ,
वस्तु वस्तुले कोल्टे फेरि
जरुर एक सास ठेलि
उल्कापातले रङ्ग भर्छ
उसमा ठीक सुहाउँदो
इन्द्रले अाँसु झार्छ
सकल लोभिई निमिसैमा
खुशी प्याला छर्छ ।।
मिठा तीता पीयूष या बीष
ता घुटुघुटु अज्ञानी वालिश,
तिर्खा जो झट्ट मेट्तछ
जीवन या मरण भेट्तछ,
सुखशयल मौज यो सारा
फुलाई ल्याउँदछ नजारा,
सूक्ष्म या घगडान सहि
काँचुली त्यो फेर्छ महि,
मृदु या कटु भन्नू के छ?
सकल बद्लि छोड्छ,
तनु अात्माको बेजोडमा
खल्बलाउँदछ लहडीमा,
लक्ष्य जुन् रह्यो जिउँदो
उसैलाई हेरिहेरि पिउँदो,
एक भाषा अाई जगाउँदछ
मिष्ट प्यासले समाउँदछ,
न भेष न अाकार उजिल्याउँछ
ता नवीन टुनामुना खिलाउँछ,
भित्र छ साधु बाहिर अज्ञानी
जहाँ यो रहि सिँगार्छ बैमानी,
बनोट एक झल्को पर्दो हो
सकलको हिर्दय भर्दो हो,
अहँ ! जमाना खराब यो छैन
कुरामा यै निल्नु सत्य अहँ! हैन,
जहाँ नजरको तीर गड्दछ
सुन्दर नसा भई चढ्दछ,
कायापलट यो जादूगरि
क्रुर सुन्दरलाई सिँगारी,
हत्केलाले धर्तीबिषे केर्दछ
तब,भुवनमा नौलो सास फेर्दछ ।।
