जसै तलाउ छल्की छल्की किनार लागि उफ्र्यो
चिजवस्तु छालका देखिकन भित्री मौन फुर्क्यो
बितिकन किनारा मौनले सिमाना बनाथ्यो
निर्जनमा पिर्लिक्क पिर्लिक्क रोशनी सजाथ्यो ।।
अहो यो विचित्र समाबीच अाहाट सुनौलो
मलिन दिलका कुनाबीच बनोट ठट्यौलो
अश्रुधारा चम्की मुस्कान बम्की अाश जगायो
खोली गुप्त चिजबिज हलुका राग बसायो ।।
विलिन मस्तिष्कमा विलिन हर ज्योति प्याला
तानाबाना मिठा सुनी नसुनि द्वार उज्याला
अजिब लोकबिषे जनम सुन्दर मिठो भो
लुटुपुटी कसकसमा दुई दिन छिटो भो ।।
विचारका तित्लियाँ खिली उम्रन्छन् जहाँबीच
जगती भलो खुद कोषमा ठान्छ चोलाबीच
घावका कटकटी कोट्याउनु मूर्खता थेन
मासु रङमा रातो देखाउनू कटुता थेन ।।
दुखेसुमा मुस्कानको तरङ्ग भर्नू तृष्णा छ
नुनचुकमा फुफु स्निग्ध हावा भर्नू तृष्णा छ
अचम्मित निर्जराबिषे जीवका विशालीमा
मिटाई अाफूलाई त्यागी रुप अोढ्नु तृष्णा छ ।।
लोकै यो मञ्जुला देखि भिन्न अङ्ग रसाएर
खोजी कलाप अाफ्नो झट्ट नयन घुमाएर
जसै खराबी अनि सराबी देख्दछु मनुष्य
लिला तब बुझ्न खोज्दछु ईश्वरको रहस्य ।।
मानसपटल अजीव,अजीव उस्का सोच
धेर यो घनत्वमा सूक्ष्म सुन्दर कहाँ खोज ?
सिक्तमा सिक्त दिल लिईकन कलिँया सारा
बनाउनू हो दिव्य महिमा मण्डित नजारा ।।
मुहार मलिन वहाँ चोला मलिनै छ यौटा
अश्रुधारा टल्किदो हो देखि उनै एक धौता
सिंहासन मनको खोज्दो हो मुसकान उम्दा
प्रफुल्लित कुना कतै सकल अश्रु ती रम्दा ।।
विराटमा यो विशाल झनै विस्तीर्ण चहाना
धरती बडोमा देखूँ विशाल प्यार खजाना
जपि जाऊँ ईश्वर उही एकल सुरदेव
पाऊ अार्तको हो तृष्णा उही लक्ष्य भरसेक ।।
यात्री यौटा हिँड्नू सत्य बाटो चरम मस्तीको
दु:ख दर्दबीच चलाउनू पाइला गस्तीको
यही सत्य प्रमूदित सत्यमा रञ्जन भर्छ
कठिन सासबीच अाएर मकरन्द छर्छ ।।
तृष्णा यो बेजोडले मन मुटु हिलाइदिन्छ
खोजी एकै सही तृष्णा प्रणय खिलाइदिन्छ
कोशिकाको मुल्य हेर पाई अनन्त अमूल्य
सजाइ ल्याउँछ मनुज जीव सुन्दर तुल्य ।।
कुरा अाकाशका अनि पातालका म सुन्दो हुँ
मागी खुशी बिलौनामा अार्तको झोली भर्दो हुँ
पागली यि मनमस्तिष्क त्यही एक नै रोज्छन्
जसै तप्त अश्रुबिषे तृष्णा मुस्कानको खोज्छन् ।।
छ शान्त ऊ विजन छ उसको साधना छ
समाबिषे निर्लज्ज छ वैरागीनी चाहना छ
विजनै एक तृष्णा भो अमृतबिषै प्यासा भो
झुण्डको कालो चहकमा लालीको खुलासा भो ।।
जब फुस्लायो धूर्तले दिन्छु भनी सुधा सिन्धु
मैले भने तृष्णा यो रह्यो निश्चल कहीँ विन्दु
हुँदैनन् पूरा कहीँ कतै जब कोही यो भन्छ
दोटा डल्ला ती भानु गोलाभै अनन्त चम्कन्छ ।।
तृष्णा यो सत्यको उमङ्गी छाल बोकी लेराम्छ
तृष्णा यो सुन्दर प्रमूदित निस्वास लेराम्छ
तृष्णा भो भक्ति तृष्णाले मुहार सब्को साँधेको
तृष्णामै म मरि जाऊँ देखि लोक यो हाँसेको ।।
