मान्छे अणु बीचको संगम हो । बेजोड प्रेम हो । अणुको मोल कति सोध्छौ यदि,तिमी मानवको रुपमा दानव हौ । म दिक्पाल छु । मेरा रौँ हमेशा ठाडाका ठाडै हुन्छन् । म दिक्पाल हुनुमा मुस्कान छ । हड्डी र मासुबीचको दन्ते मुस्कान । म आफूलाई अभागी भनू या बालिश । दुवैमा मेरो शिर अचल छ । मलाई मतलवको लवजसँग केको भय । अलङ्कारिक रुप ठोस सत्यको त्रुटी हो । मनबीच बस्ने ईश्वर जब जाग्दछ,नवीन जीवनको श्रीगणेश हुन्छ । आकारन्मुख रस जोगीको स्वप्ना हो र ? जोगीको भेषमा एक प्याला मुस्कान खोज्ने जुर्रत जसले गर्छ म त्यसलाई बुद्धको उपनाम दिन्छु । सायद मै मूर्ख हो कि सवालको धजिया उडाउँने ।
तिमी कसोरी जन्म्यौ के तिमीले देख्यौ ? तिम्रा लोचन थिए तै नि अन्धाको पारावर थियौ । ती काखको मूल्य भन्न सक्छौ ? ती अविरल धाराका प्यास फर्काउन सक्छौ । ती काँधको स्पर्श ? अहँ,यो जादूयी अम्बरमा डुबुल्कीको भोगमा भोग गर्ने महिशासुरलाई नि न थाहा होला । यी नाताका शिलोट हैन मित्र । यी त संसार माथि उठेका ईश्वरका बरदान हुन् । मलाई लक्ष्मीप्रसाद,लेखनाथ,सम,भानु आदिसँग अस्ली नाता छ । मेरो लालको वर्ग र उनीहरूको छुट्टै होलान् किन्तु लाल त लालै हुन् । मलाई दधीचीको सुख कस्ले दिए,कीर्तिको समझ कस्ले दिलाए,आफू उपर उठ्न कस्ले सिकाए र जनका पाउको मोल कस्ले बताए ? यही हैन मेरो चोला । मलाई उनका सन्तान लालले बनाएन किन्तु मन र विचारले बनायो । यही सत्य नाता हो । यसैमा चाहे जुनै रङ्ग हाल बिफल हुन्छौ ।
म हिजो आँसुको आहालमा थिए । मलाई जादूको खाँचो थियो । म यमका नली काटी सरितामा बगाउन चाहन्थेँ । सत्य अदा हो,मलाई विदित छ । म फिलङ्गो चोर्न चाहन्थेँ । सिन्धुको गहिराइबाट अनमोल मोती निकाल्न चाहन्थेँ । मेरा अङ्ग अङ्गमा तृष्णा छन् । म छट्पटिन्छु । यसैमा मलाई उन्माद छ । मेरो सनीडमा ईश्वरको बाँस छ । मलाई तनुको पिर शुन्य बराबर छ । लैजाउ, हाय ! घिसार्दै किन्तु एक बार जीवनलाई नियाल्न देऊ ।
मैले कलम र विचार माथि बाकटी हान्न खोजेँ । कलम र विचारको अटुट नाता छ । पानी बिना माछो सरि । सुराम्य अतीतमा सुर नै नभई म भौतारिएँ । लयको ज्ञान ममा पहिले नै हुन्थ्यो त म ईश्वर उपर हुन्थे । मलाई ज्ञान छ सुर र लयको घनिष्टता । मलाई समयको प्रतिक ना कि मलाई भोगाइको छायामा उतार्नु । जब मैले कलमलाई दुई औँलाको स्पर्शमा विचारसँग जुधाउन थालेछु,मलाई कीर्तीको हैन ती दुई खाटी सखीको बोध भयो । म सत्य पथमा उत्रिएँ । जब मैले घना तरुहरू बीच भाका हालेँ,मलाई ईश्वर प्राप्ति भयो । मलाई जिउनमा यिनैको सुक्ष्म आधार चाहिन्छ नत्र म कोरा कागज सरी हुँ ।
ईश्वरलाई चिन्छौ ? जवाफ खुद ईश्वर जान्दैन । ममा ईश्वरको छवीले राज गर्छ र पो म छु । म कागज,सिर्फ कागज थिएँ । रङ्गीन बुट्टा भर्ने तिनै साधु थिए । उसको प्रत्येक छायाको म नौलो हिस्सा हुँ । उसका हरेक शासको म किस्सा हुँ । उसबाट अलग्गिनु मेरो मृत्युको अर्को मार्ग हो । मलाई मोक्षको डर छँदैछन किन्तु म खुद मोक्षको प्यासी हुँ । म,ईश्वर र प्राणमा पुलकित सास अड्केको छ । जुन बिना मेरो राम ! राम !
प्यासीको मुख हुन्न । सिर्फ एकनास प्यास हुन्छ । कलापमा बसेर चिट्का छोडेर हाँस्नेको परिचय सदा गुप्त नै रहन्छ । आखिरी केसको मामिलामा चाहियो त्यसलाई । सम्झनामा कैद भइकन सकियो । बेगमको आँचल बेजोड छ । बेगमसँगको संगमलाई म संगम भन्छु । त्यसमा निस्वार्थ माया लुकेको छ । यो नाता सीमापार छ । फूलको अधर यसलाई पता होला । फूलसँग मेरो नाताको बयान छैन । म फूलमै जन्मिएँ,हुर्किएँ र फूलकै आडमा रसराग अनि जीवनको महिमा पाएँ । पुलकित संसार हेरिकन कौन दिल खुश नहोला म शिवाय । किनकि म त्यिमा लेप लगाउन चाहन्छु । केसको लेप मलाई थाहा छैन । मलाई त्यो नजर उपरमा बेस होला किन्तु अैले नजर सामुन्ने छ । म तिमीभन्दा फरक छैन,मेरा इन्द्रीय उहीँ हुन्,मेरा कलाप छैन शिवाय विचार बाहेक । अनि किन मोड आयो तिम्रो र मेरो उत्तरमा । जवाफको ज नि छैन ममा । ईश्वर छन् कुलका पति । सक्छौ सोध्न एकबार । ममा हाँस्यरस पलाउँछ र मलाई पागलको उपनाम दिइन्छ । अहो ! कत्रो आडम्बरी सम्मान ।
म मगजको बत्ती जलाउन चाहन्न । मलाई मगजको मोल कुच और छ । मगजको भारी बिसाउन चाहन्छु । तर कहाँ ? हाय ! सर्वश्रेष्ठ दूत बताइदेऊ मेरो खोज । मलाई त्योसँग सबैभन्दा उपरको दोभानको खाँचो हो । म आएँ,मृत लाटो झैँ छाएँ,अब बाकीँ सायद,मृत्यु ? भन्न सक्तिन । मलाई नाताको मित्रताले थिच्यो । म उथलपुथल भएँ । मेरो धूर्त मगज । म आफैलाई धिक्कार्छु । मलाई चिन्ता छैन । मेरा नाताहरू म चाहन्छु उडिँ जाउन् । मलाई एक्लो छाडी जाऊ । नूतन भूमि । म स्वर्गीय संसारबाट मन्द मुस्कानमा हात हल्लाउँला ।
