Skip to content

बिमल सिटौला

सुन्दर

“तपाई सुन्दर वस्तु केलाई ठान्नुहुन्छ ?”

संसारमा सुन्दर वस्तुहरुको निसर्गलाई सबैले मन पराउँछन् । सुन्दरतापट्टि द्रष्टाका लोचनहरू एकाकार हुँनुलाई स्वभाविक मानिन्छ । राम्रो, सौँम्य, सरस, मञ्जुल जुनसुकै सजीव वा निर्जीव वस्तु नै किन नहुन् ? तीहरुउपर हामी प्रेममय भाव मात्र ब्याक्त गर्दैनौँ, फर्किएर कौतुक दृष्टि पनि लगाउँछौँ । यो हामी मानिसको सजीवता हो । यति नहुँदो हो त फूल प्रजातिको लालीगुराश होस् या सुनाखरी त्यति धेरै अभिरता बोकेर मानव दृष्टिको बुभुक्षाको कवलमा रमाउँन्नथ्यो कि !

दोस्रो न्वारान

सुन्दा पनि खितखित हाँसेको थिए म। नहाँसु पनि कसरी ? रमेशलाई रामेशु भनेको सुन्दा। रुपेशलाई रुपेशु भनेको सुन्दा। उमेशलाई उमेशु भनेको सुन्दा। सन्देशलाई सन्देशु भनेको सुन्दा। त्यही बखत मैले एक लखकाटेको थिएँ, “यिनीहरुले सबै नामको पछाडि तलकुरे झुन्ड्याउँदा रहेछन्।”

क्रन्दनपूर्ण सुहागरात

विवाहको पहिलो रात अर्थात सुहागरात। दिनभरिको वैवाहिक समारोहबाट क्लान्त भएको शरिरलाई अस्वभाविक निद्रामा पल्टाइएको रात। कुकुरहरू पनि भुक्दा भुक्दै भुक्न छाडेर अल्पस शयन गरेको रात। चराचुरुगिं पनि हाँगा-हुँगीमा, गुँड टोड्कामा दिनभरिको आफ्नो थकानलाई मेट्दै गरेको रात। पशु-चौपाया सधैझैँ गोठगोठमा बसी-बसी निद्रामै ओक्राउँदै गरेको रात। त्यो निर्जन र चकमन्न रात। निमेशभरकै बेहोसीबाट होसमा आउनेबित्तिकै मनमायाको तल्लो पेट बेजोडले हुडलिन्छ।

टोपी

आफू सुत्ने कोठाभित्र काटिमा झुन्डिएको निलो गाडा रंगको टोपीले बिरुको ध्यान खिच्छ । जसमा अगाडिपट्टि ठुलो अक्षरमा लेखिएको हुन्छ “EPS” । सात महिना आघि त्यस टोपी कम्पनीको कोठा प्रवेशसँगै सबैभन्दा पहिले शिरबाट फुकालेर आफू सुत्ने स्थानको ठिक माथि दायातिर परखालमा सुरक्षित झुन्ड्याएको थियो । शुरुताकामा त्यस टोपीप्रति गहिरो माया बसेथ्यो उसलाई । गहिरो माया यो अर्थमा कि कोरिया प्रवेशको अवसर ईपिसले दिएको हुनाले ईपिएस अंकित टोपी थियो त्यो । ईपिएस प्रणालीको चिनारीको रुपमा टोपी पहिरिए पनि आफूले ईपिएसको चिनोको रुपमा स्वीकार्दै त्यस टोपीलाई आफ्नो सन्तानलाई झै प्रेम दर्शाएथ्यो ।

जबदेखि यो जिन्दगी

जबदेखि यो जिन्दगी समयको अधिनमा छ
लाग्दछ पुरै जीवन आकाशबाट जमिनमा छ

म थाकेको मात्र हु, हारेको किमार्थ होइन
ऊफ्! त्यो मलाई फेरि घिसार्न तल्लिनमा छ

सन्देश

एकजना बालकले बूढो बृद्धलाई सडकको किनारमा होसियारपूर्वक डोहोर्याउँदै हुन्छ । बूढो वृद्ध अशक्त र कमजोर भएकाले बालकले मिनेट मिनेटमा रोकाउँदै अघि बढ्छ । एक हातमा लठ्ठी र एक हातमा बालकको हात समाउँदै खोक्दै र थुक्दै बुढो बृद्ध बालकको माया र स्नेहमै उसैको ईशारामा चल्छ । अन्तत: दुबै व्यस्त सडकको एक कुनामा अवस्थित “दिस एण्ड ड्याट” रेष्टुरेन्टमा पुग्छन् ।

कहिले मेची कहिले काली

कहिले मेची कहिले काली पुग्छु जहाँ जहाँ
म हुँ देशको राष्ट्रसेवक गर्छु देशलाई माया

देशकै लागि जन्म मेरो सेवा नै हो धर्म
बाँचुञ्जेल राष्ट्रसेवा सेवा नै हो कर्म
जहाँ जहाँ बिपत्ति छ हुन्छु त्यहाँ त्यहाँ

BimalSitoula

अनुत्तरित पश्न

कोठा फर्कने क्रममा शेखर बीचैमा ट्रेनबाट ओर्लिएपछि ट्रेनभित्र म एक्लो थिएँ । मैलै अँझै केही मिनेट ट्रेनबाटै सफर गर्नु थियो । भर्खरसम्मसँगै सिटमा नारिँदै र गफिँदै आएको म शेखर झरेसँगै उदासिन हुन पुगेँ ।

ट्रेन आईतबार जस्तो खचाखच थिएन । ट्रेनभित्र सबै आ- आफ्नै बाजा बजाउनैमा व्यस्त देखिन्थे । यात्रीको यही व्यस्तताले ट्रेन भित्रको वातावरण कोलाहलरहित र भद्र थियो । कानमा ईयरफोन ठोसेर म नेपाली सदाबाहार गीतहरू सुन्दै र शब्दहरूमा डुब्दै बेचैनलाई तह लगाइरहेको थिए ।

साजाडनीमको साइन

काजीको ठूलो आवाजमा तेब्बर चौब्बरसम्म एउटै शब्दको चिच्याहटले हामी बस्ने सानो कोठा गुञ्जयमान भयो र म मध्यराति अचानक ब्युझिएँ । मध्यराति भएकाले त्यसलाई व्यवस्था गरी सुत्ने प्रयास गरे तर धेरै कुराहरू मनमा खेल्न थाले । शायद काजी सपनामा बौरिएको होला,सपनामा कहिलेकाहीं जो कोही बहुरिन्छ भनेर नसुनेको पनि होइन तर उसले पहिलोचोटि यति ठूलो आवाजमा त्यसमाथि रुन्चे स्वरमा ”सक्दिँन, सक्दिँन” भनेको सुन्दा उसलाई जबरजस्ती कसैले केही लादिरहेछ भन्ने लाग्यो र लम्पसार परेको जिउलाई उठेर नियालेँ तर ऊ मस्त निद्रामा थियो । स्वाँ -स्वाँ गर्दै चिर निद्रामा देखेपछि फेरि म यथास्थानमा फर्केर सुतेँ । मनमा सपनासम्बन्धी अनेक तर्क र वितर्क आइरह्यो तर पनि दिनभरिको कामको थकान र बिहानको स्वर्णिम दिनको कल्पना गर्दा गर्दै चकमन्न र सुनसान रातसँगै म निदाएँ ।