कहिले मेची कहिले काली पुग्छु जहाँ जहाँ
म हुँ देशको राष्ट्रसेवक गर्छु देशलाई माया
देशकै लागि जन्म मेरो सेवा नै हो धर्म
बाँचुञ्जेल राष्ट्रसेवा सेवा नै हो कर्म
जहाँ जहाँ बिपत्ति छ हुन्छु त्यहाँ त्यहाँ
देश दुखे यो मन दुख्छ देशलाई दुख्न दिन्न
मेरो देशको स्वाभिमान कतै झुक्न दिन्न
पूर्व पश्चिम उत्तर दक्षिण हुन्न दायाँ-बायाँ
बिमल सिटौला
