Skip to content

जबदेखि यो जिन्दगी


जबदेखि यो जिन्दगी समयको अधिनमा छ
लाग्दछ पुरै जीवन आकाशबाट जमिनमा छ

म थाकेको मात्र हु, हारेको किमार्थ होइन
ऊफ्! त्यो मलाई फेरि घिसार्न तल्लिनमा छ

न टारेर टार्न सकिने,न छाडेर भाग्न सकिने
कहिले यही दुरदराज त कहिले दलीनमा छ

उसले लत्तो छोडेर कहाँ सुखले बस्या छ र
कठै !ऊ त मभन्दा झन-झन कठिनमा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *