जबदेखि यो जिन्दगी समयको अधिनमा छ
लाग्दछ पुरै जीवन आकाशबाट जमिनमा छ
म थाकेको मात्र हु, हारेको किमार्थ होइन
ऊफ्! त्यो मलाई फेरि घिसार्न तल्लिनमा छ
न टारेर टार्न सकिने,न छाडेर भाग्न सकिने
कहिले यही दुरदराज त कहिले दलीनमा छ
उसले लत्तो छोडेर कहाँ सुखले बस्या छ र
कठै !ऊ त मभन्दा झन-झन कठिनमा छ
