Skip to content

नरेन्द्रराज पनेरू

20201011_NarendraRajPaneru-BackBencher

‘ब्याक बेञ्चर’ निबन्धसङ्ग्रह : स्वपठन र बुझाइमा

काठमाडौँ खाल्डामा आफ्ना बालबचेरा छाडी रामेछापतिरको प्रख्यात विद्यालयका विद्यार्थीका प्यारा शिक्षक पेशल आचार्यले आफनो व्यक्तिगत, घरपरिवार र विद्यालयको व्यस्त समयको जिम्मेवारीका बाबजुद पनि आफनो व्यक्तिगत, पारिवारिक तथा शिक्षण कार्यका बीचमा आफूले देखेका, भोगेका तथा लागेका विषयवस्तु ‘ब्याक बेञ्चर’ निवन्ध सङ्ग्रहका रूपमा प्रस्तुत गरेका छन् । २०३६ सालदेखि निरन्तर साहित्य लेखनमा व्यस्त आचार्यको यो कृति एक अर्को कोसेढुङ्गा हो । यस अघि यिनका नौवटा कृतिहरू प्रकाशित भैसकेका छन् । सातवटा बाल साहित्यका र तीनवटा प्रौढ साहित्यका कृति नेपाली साहित्यको भण्डारमा दिइसकेका आचार्य लेखन, शिक्षण र प्रशिक्षणमा रमाएका व्यक्ति हुन् ।

NarendraRajPaneru

कोराना, राज्य र विश्वविद्यालयहरू

कोराना भाइरसले महाशक्ति राष्ट्र, सम्पन्न व्यक्ति, विकसित मुलुक, राज्यका हर्ताकर्ता मन्त्री तथा नेताहरूका साथै तथाकथित आफूलाई शैक्षिक तथा बौद्धिक जगत्कै मसिहा ठान्नेहरूको असली रूप र औकात देखाइदिएको छ । अपदवादको रूपमा केही समाजवादी देशहरू जस्तै चीन, भेनेजुएला, क्युवा आदिले यो समस्यालाई मानवीय सङ्कटका रूपमा लिएर मिलिटयाण्टरूपमा कार्यक्रम बनाई कार्यन्वयन गरी सफलताका नजिक पुगेका छन् । पुजीवादी देशहरू दक्षिण कोरिया, जापान, सिंगापुर जस्ता देशहरूले नाफाभन्दा जनता तथा मानिसहरूलई महत्व दिँदा समस्या हल गर्नेक्रममा छन् । केही देशहरू स्पेन, आयरल्याण्ड, दक्षिण अफ्रिकी देशहरूले निजी अस्पताललाई राष्ट्रियकरण गरेर समाजवादी मोडेलमा गई समस्यासँग जुझदै छन् ।

गुरु भर्सेस गोरु : अ महाडेन्जर कम्प्यारिजन

एम्फिल्को अध्ययनकै शिलशिलमा प्रसङ्गवस शिक्षाक्षेत्रका विशिष्ट व्यक्तित्व तथा विद्या गुरुलाई मैले एक प्रश्न सोधेँ : गुरु तपार्इँले धेरै व्यक्ति तथा व्यक्तित्वहरूलाई पढाउनु भयो, सिकाउनु भयो, पुण्य काम गर्नुभयो । तर तपार्इँले पढाएका व्यक्तिहरू प्राय: अहिले शिक्षक, प्राध्यापक, व्यापारी, नेताहरू भएका छन् । ती करिबकरिब सबै भ्रष्ट, बेइमान र ठग छन् । तपाईंले के पढाउनु भयो ? तपार्इँ आफ्नो पेसाप्रति गौरवान्वित हुनुहुन्छ त ? यो प्रश्न स्वय म म आफैँप्रति पनि लक्षित थियो । मैले पनि त्रिविमा विगत् १५ वर्षदेखि पढाउँदै आइरहेको छु । यो प्रश्न मजस्ता अरू आम शिक्षक तथा प्राध्यापकहरूप्रति पनि लक्षित थियो ।

अनिकालको जिन्दगी र असनको साँढे

दिन त त्यति रमाइलो त होइन । म प्राज्ञिक जीवनका लागि अलिकति खुराक बटुल्न कर्कश काठमाडौँ सहरका गल्लीहरू छिचोलिरहेको थिए । बस पर्खने र ग्राहक खोज्नेहरूको भीड पन्छाउँदै म जामे मस्जिदबाट भोटाहिटी हुइँकिने क्रममा कलेज ड्रेसमै अँगालो मार्दै अश्लीहर्कत गर्दे गरेको एकजोडी महानगर प्रहरीको फन्दामा परिसकेको देखेँ । फुटपाथे व्यापारी र महानगरीय प्रहरीहरूको लुकाछिपी खेल पनि रमाइलै थियो ।