ध्रुब कुमार पौडेल
म नेपाली
असाध्य भोकले गलीरुँदा पनि खुशी हुने।
प्रचण्ड गर्मीमा पिरोलिँदा पनि खुशी हुने।
असङ्य रोगले थलापरे पनि खुशी हुने।
बाँचिरहे पनि खुशी मरे पनि खुशी हुने।
दिमागमा सनक चढी आबाशमा डडाउँदा।
पनि खुशी
घुँडा धसी अकार्थमा ठटाउँदा।
हजार पिरमा पनि खुशी
अनि लघारिँदा पनि खुशी
कुरा धुती उचा लिँदा पछारिँदा।
खानमिले पनि खुशी नमिलेनी खुशी हुने।
करोडमा पनि खुशी हजारमा खुशी हुने।
हिमालमा पनि खुशी पहाडमा खुशी हुने।
मधेशमा पनि खुशी पर अझै खुशी हुने।
अन्याय
भुईँचालोले घर लड्यो बिद्यालय ढल्यो।
गोठ बनाई आज सम्म जेन तेन चल्यो।
सङ्घ सस्थाको ताँति लाग्यो स्कुल बनाउन।
एसियाली बिकास बैँकले मलाई खबर गर्यो।
सर्भेगर्न आउँछु भनी आउने बाचा गर्यो।
जमिनको डाटा लियो सोधिखोजी गर्यो।
बाटोघाटो होटल सोध्यो आईहाल्ने भन्यो।
कतिबेला आउँछ भनी बाटो हेरी बसेँ।
बिद्यालय भबन बन्ने आस गरी बसेँ।
एडीबीको सर्भे टोली मन्थलीमा आछ।
जिशिकामा मिटिङ बसी फिर्ता भई गछ।
अन्तिमतिर थाहापाई भेट्न भनी गएँ।
गैसकेछन काठमाण्डौ उसै फर्की आएँ।
मन्थलीको वरिपरि डेरा जमाई बस्ने।
अवसर हेरी बेलाबेला कार्यालय पस्ने।
प्रअहरु जम्मा भई सर्भे गराएछन्।
क्रान्तिको उत्कर्ष बिन्दु
पहिले मन्त्र सिकेँ ठूलागुरु सँगै क्रान्ति कसोरी भनी।
भित्र्याएँ हतियार ली गुरुसँगै बालेँ मसाल दनदनी।
पड्काएँ बम गाउँमा झुपडीमा क्रान्ति सफलहोस् भनी।
ठूला मालिकका महलतिर नजर लाईन कहिल्यै पनि।
देखाएँ खुब शान गाउँघरमै हुँ क्रान्तिकारी भनी।
त्यैबेला अरु दुष्टले बल गरी मालिक लघारी दिए।
ठाडै बोल्न मिलेन त्यस बखतमा हो हो भनी साथ दिएँ।
मालिकको अबशान खप्न नसकी सारै भयो छटपटी।
थन्क्याएँ हतियार पसेँ शहरमै मन पोल्दथ्यो भत्भती।
केही बर्ष बिते यताउति गरी मेसो मिलाई रहेँ।
पल्ला मालिकको लिईमत ठूला मालिक रिझाई रहेँ।
मेरो अन्तिम लक्ष्य हो थलिएको दरबार ब्युताउँने।
शुभ बिबाह
साउनको महिनामा खेति गर्ने बेला।
बिबाहको लगन जुर्यो फेरी यसै बेला।
बेहुली बनिन् कमल फुल बेहूला बने शेर।
जन्तजान हतार भयो हाम्लाई यति खेर।
बेहुलीको दोश्रो बिहे पहिलो छोडी आको।
बेहुलाको कैयौचोटी बिहे हुँदै आको।
बल्ल बल्ल बर खोजी मायाप्रिति लाको।
फेरि माया छुट्ने होकि बानी पर्दै आको।
पहिलो केटो मन पराएँ साह्रै राम्रो देखी।
नमान्नेभो मेरो कुरा गर्न लाग्यो सेखी।
दोस्रो बर त्यस्तै परे कसो गर्ने होला।
फेरिपनि तेस्रो बिहे गर्नु पर्छ होला।
जुन लाग्यो
साउनको महिना सफाछ त सगर, देख्तिन बादल पनि।
जुनको देख्छु टहक सबै झिलिमिली, देखिन्छ तारा पनि।
रोप्नै बाँकिछ धान खेतहरुमा, देख्तिन पानी पनि।
धेरैचोटी गरेँ बखाँन अबता, मूल फुट्छ होला भनी।
मेरा ती सपना बिफल हुनगए, दर्केन पानी किन।
मौसम नै त फरक परेछ की कसो, केही कुरा बुझ्दिन।
कहाँ लाग्छ उजुर? छ छैन यसको धारा ती कानुनमा।
कस्को नाउँमा गरुँ अब फिराद रीट लाग्छ कुन ठाउँमा।
कुन पाटीसित क्यै छ कित लिखितम कुन घोषणापत्रमा?
संबिधान तिर पो छ कि यदि निकाश लेखिदिनोस पत्रमा।
सिकाइ
सिक्दा सिक्दै बित्न लाग्यो जबानी।
सिक्दा सिक्दै रित्तिने जीन्दगानी।
जन्मे देखि शाशको अन्त्य सम्म।
सिक्नै पर्ने जीन्दगी यो अचम्म।
रुनु, हाँस्नु, खानु, बोल्नु र खेल्नु।
सुखी बन्नु, दशथरी दु:ख झेल्नु।
हेर्नु,जाँच्नु, देश परदेश डुल्नु।
पेशा रोज्नु, शंझना गर्नु, भुल्नु।
बाझ्नु, मिल्नु, रीशहुनु, खुशी लाग्नु।
पढ्नु, लेख्नु, पन्छिनु, लुक्नु भाग्नु।
पिडा, बाधा झनठूलो पाठ रैछ।
सिक्दै जाने मानवी चालरैछ।
बालक कालको खेली सिक्ने सिकाइ।
जबानीको जोस झिक्ने सिकाइ।
बूढो हुँदा दु:ख खेप्ने सिकाइ।
यहि हो जिम्मा सभ्य मानिस लाई ।
- « Previous
- 1
- 2

परेको छ पानी, परेको परेइ