Skip to content


विश्वको कुनाकाप्चामा हेरौ धनका भकारी
प्रभुत्व निम्ति बन्दुक गोला युद्धको तयारी

देशको चाला त्यस्तै छ यता सत्ताका पुजारी
जाल र झेल चुक्लीको खेती गर्दछन् विचारी

एउटाको सिको अर्कोले गर्छ समय पर्खेर
कुर्शीमा आँखा लगाउँछ अन्त हेर्दैन फर्केर

गाउँमा हेरौँ त्यस्तैछ खबर मान को खोजीमा
ठूलो र सानो जाल र झेल ज्ञान छैन गोजीमा

ढुक्कले बाँच्ने मानिसलाई दिन कहिल्यै आएन
उत्पत्ति देखि यस्तै छ मान्छे फष्टाउनै पाएन

जङ्गली जन्तु झै बन्न पाए आनन्द हुन्थ्यो कि
मान्छे र मान्छे सिँगौरी खेल्ने रीत अन्त्य हुन्थ्यो कि

2016-07-02 14:41:01 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *