Skip to content


असारमा पनि खेती हुन्न त जहाँ,
पानी न आकै निको ।
खेतालाहरू पाँइदैन त जहाँ,
गाउँ नभाकै निको ।
सरसापट पनि पाँइदैन त जहाँ,
साहु नभाकै निको ।
किनबेचै यदि छैन गाउँ घरमा,
भाउ नभाकै निको ।
जाल झेल रीश र क्रोध मात्र छ भने,
बन्धु नभाकै निको ।
मौकामा यदि साथछैन त भने,
साथी नभाकै निको ।
सन्तानको मतलब रहेन त जहाँ,
बाबु नभाकै निको ।
सुख्दुख्मा यदि छैन ख्याल्
पनि भने, छोरा नभाकै निको ।
निद्रा छैन कतै क्यै यदि भने,
रातै नभाको निको ।
खानामा रुची छैन पो यदि भने
भातै नभाको निको ।
रोगको क्यै पहिचान हुन्न त भने,
डाक्टर नभाको निको ।
शिक्षणमा रुची छैन जोसँग भने,
माष्टर नभाकै निको ।

2016-07-02 14:33:04 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *