ध्रुब कुमार पौडेल

म नेपाली

आमा आँगनिमा गुन्यू तुनि बसुन् बाबु भिडुन् खेतमा।
नेपाली बिर हूँ छँदैछ पगरी जादैन मन् तेसमा।
खैजेडी मुजुरा मृदङ्ग मुरली जेजे हउन देसमा।
डम्फू झ्याली बजुन् मृदङ्ग पिपरी मन जान्छ ड्रम् सेटमा।
मालामा रसछैन आज रतिभर दिलबस्छ टाई तिर।
डिस्को मै मन रम्छ रागहरुको के काम भो आखिर।
भैँसी पाल्न मलाई लाग्दछ सरम् उँट्पाल्छु खाडी तिर। बाँझै होस् त घुर्यान जोत्छु बरु गै कतार् मलाया तिर।
देख्छु धेर् सपनाहरू सुखिहुने लाग्दैन ध्यान् काम तिर।
नामै काफिछ बीर् बहादुर मता गोर्खे परेँ आखिर।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

थुक्क म

अल्मली छट्पटी पोल्छ मन्भत्भती।
रातदिन् खट्पटी पटका पट्पटी।
रातको चाँदनी अग्नीको स्रोतझै।
भानुको राप पो लाग्नगो शीतझै।
काँसको फूलमा मग्मगी बासना।
मख्मली गद्दीझैँ भूँमिको आसन।
अन्नको घूनझैँ घाटको सूनझैँ।
खीरमा नूनझैँ दूधमा खूनझैँ।
गीतमा छन्द म ब्योममा बन्द म।
भाग्य मै ढुक्क म जीन्दगी! थुक्क म।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

निर्बाचन

निर्बाचन अब हुन्छ रे मुलुकमा शहर् बजार गाउँमा।
नेताको अब आउँदैछ चुनिने पालो निकै सिटमा।
तानातान हुनेछ सब् दलमहा चल्खेल् रसद् पानीको।
आमा नै अझ योग्यछन् बधु हुने के काम यी नानीको।
सर्कार नै अबता गनी नसकिने मन्त्री कति हुन् कती।
पक्कै मिल्छ टिकट हतास नहुनोस् पाइन्छ खोजेजती।
सांसद को गणना असम्भव भयो मेयर कति हुन कती।
सब्को भाग हुनेछ ब्यर्थ दलमा गर्छौ रडाको कती।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुन्दर नेपाल

हिमालबाट उम्रेका नदी तराई झर्दछन्
गाऊँमा खोला बेशीमा नदी सिँचाइ गर्दछन्
छहरा बनी बगेका नदी हिराका खानी हुन्
प्रयोग गर्ने हिम्मत भए ऐश्वर्य दिने छन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

समय

तोरीको फूल टिपेर माला उन्न सकेपनि।
बादलको डोरी बाटेर टोपी बुन्न सकेपनि।

खरानीको धुलोबाट रोटी हाल्न सकेपनि।
बाख्राको खोरमा राखी हात्ती पाल्न सकेपनि।

ढुङ्गाको ड्याङ पारेर आलु रोप्न सकेपनि।
डोकाको जाल थापेर बाघ छोप्न सकेपनि।

खोलामा बाँध बाँधेर पानी छेक्न सकेपनि।
चन्द्रमाको शीरैमाथि पाइला टेख्न सकेपनी।

चैतमासको खडेरीमापानी पार्न सकेपनि।
समयको गतिलाई रोक्न सक्दैन कोहीपनि।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फरक देखियो

नयाँ पिँडी र प्रौढमा प्रत्यक्ष भेद देखियो।
शहर, गाउँ, केन्द्रमा जताततै त्यसै भयो।

जति हुनु थियो अझै बढेर पो हुदै गयो।
अलिअलि त हुन्छनै बिकासको नियम न हो।

पिता र पुत्रमा पनि अलि बढी दुरी बढ्यो।
गुरु र शिष्यमा अझै नचाँहिदो फरक भयो।

हरेक दलहरु पनि तनाबमै चली रह्यो।
फरक छ शैली कामको पुरानु औ नबिनको।

पुरानु भन्छ मै ठूलो अनुभबी म युगको।
अनेक दुख पार गरी बनाएको पिडी न हो।

म भन्छु जे उही गरुन् म शक्तिको मुहान हो।
स्वफूर्त क्यै हुने गरे उदण्ड संस्कृति भयो।

नविन भन्छ मैँ ठूलो म बिज्ञ मैँ छु फूर्तिलो।
पुरानु चिज थोत्रियो नयाँ उमङ्ग भित्रियो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शहर तिर

नसोध केछ गाऊँमा सबै त्यतै शहरतिर।
नखोज फिर्न गाऊँमा छ के र गाऊँ घरतिर।

बुढाबुढी त गाऊँमा युबा हरु शहरतिर।
लडाकू मात्र गाऊँमा लिडर पसे शहरतिर।

गरीब मात्र गाऊँमा धनी पसे शहरतिर।
बिरामी मात्र गाऊँमा इलाज सबै शहरतिर।

म सुस्त मात्र गाऊँमा चतुर पसे शहरतिर।
म मूर्ख मात्र गाऊँमा बिद्वान् पसे शहरतिर।

झुपडी मात्र गाऊँमा महल छन् शहरतिर।
हिलो धुलो छ गाऊँमा सफा छ कि शहरतिर।

नसोध केछ गाऊँमा सबै त्यतै शहरतिर।
नखोज फिर्न गाऊँमा छ केर गाऊँ घरतिर।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनको मुख रातो

धनको मुख रातो हुन्छ भन्नुहुन्थ्यो हजुरबाले।
हो की क्या हो हिजो आज त्यस्तै त्यस्तै देख्न थालेँ।

गरीबको रातो मुख धन पैसा नहुनाले।
ब्यापारीको रातो मुख उधारोमा गैदिनाले।

आसामीको रातो मुख ब्याजमा स्याज जोडिनाले।
साहुजीको रातो मुख साँहु समेत छोडिनाले।

साझेदारको रातो मुख भागबण्डा नमिल्नाले।
साथीभाइको रातो मुख लुछाचुडी भैदिनाले।

ठेकेदारको रातो मुख नाफा धेरै नहुनाले।
मजदुरको रातो मुख ज्याला धेरै नहुनाले।

नेताजीको रातो मुख अवसर दिन नसक्नाले।
अर्दलीको रातो मुख ठेक्का पट्टा नमिल्नाले।

कमाउनेको रातो मुख बढाउने ठाँऊ नपाउँनाले।
नहुनेको रातो मुख खायो भन्ने औडाहाले।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म जँड्याहां

ल्याओ ल्याओ अझैल्याओ, खटाउनु पर्यो किन?
जता खान्छु उतैफाल्छु,पचाउनु पर्यो किन?
लडी बस्छु मुडो जस्तै, उठाउनु पर्योकिन?
सुधा जस्तो मिठो निद्रा, टुटाउनु पर्यो किन?

पिई बस्छु खिई बस्छु, छुटाउनु पर्यो किन?
शँकर जस्तो असल बानि, हटाउनु पर्यो किन?
फुश्रै बनोश मुहार मेरो, चिल्लो पार्नु पर्यो किन?
सकिदिन्छु सबै दौलत, साँचिराख्नु पर्यो किन?

चिन्दिन म कसैलाई, चिनिराख्नु पर्यो किन?
लिई खान्छु झिकिखान्छु, किनिराख्नु पर्यो किन?
मरेमरुन जहान बच्चा, बँचाउनु पर्यो किन?
हाँस्छु नाँच्छु अरुलाई, हँसाउनु पर्यो किन?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पुरेत बा

भोटो कछाड लगाएर,
बाङ्गो लठ्ठी टेकी ।
तल माथि हिंडिराछन,
मैले जान्दादेखि ।
मैलो झोला काँधमाथि,
भिरी हिड्ने धन्दा ।
जजमानको ख्याल राख्छन,
सधैँ आफ्नु भन्दा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिज्ञापन खोल

ठूलो मान्छे बन्ने भए बिज्ञापन खोल।
होडिङ्बोर्डमा नाम लेख गर मोलतोल।
कुराकाट वरपर लगाऊ झोसपोल।
भिडभाड जम्मा गर आफ्नै हुर्मत खोल।

बिना पैसा ठूलो मान्छे बन्न पाईदैन।
जम्मा गर धेरै धन ईज्जत चाहिदैन।
चोर लुट ठगी गर धन कमाउन।
नछोड है ठूलाबडाको पुच्छर समाउन।

गाली गर कसैलाई ठूलो स्वरले बोल।
बेलाबेला प्युने गर अजम्मरी झोल।
आगो बाल ओछ्यानमा आफ्नै घर पोल।
ठूलो मान्छे बन्ने भए बिज्ञापन खोल।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अस्थिर जीबन

हिजो सम्मन जो थियो आज छैन।
फेरि हाम्रो भेट कहिल्यै हुदैन।
बाचुन्जेली गर्छ तेरो र मेरो।
आफ्नै ठानी बिश्व सेरो र फेरो।

आफ्ना मर्दा बरबरी आँसु झार्छ।
मर्नेलाई गोली ठोकेर मार्छ।
अजम्मरी आफू झैँ स्वाङ पार्छ।
हुङ्कार छोडी पापी मुड्की बजार्छ।

मर्ने दिनको केही पत्तो हुदैन।
डाक्टर चुक्छन औषधीले छुँदैन।
जाने काहाँ जानकारी हुदैन।
लाने कोहो कोही पनि देखिदैन।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सबै जीर्ण रोगी

अस्पतालभरी मान्छेका ताँती रोगले चापेर।
रोगको मालिक बसेको छ की पसल थापेर।
कमाई हुने रोगका भारी धनले पोलेर।
निद्रा न भोक फनफनी घुम्छन तमसुक बोकेर।

नहुनेहरु सधैँका रोगी ऋणले पोलेर।
आक्रमण गर्छ रोगले त्यतै हृदय खोलेर।
किसान रोगी रात न दिन कामम लागेर।
जमिन्दार रोगी मोहिले पैसा मागेको देखेर।

बुढा र बुढी बनेछन् रोगी शरिर गलेर।
ठिटा र ठिटी सबै छन् रोगी तुलबुली जागेर।
गरीबका बच्चा सबै छन् रोगी कुपोषण लागेर।
धनीका बच्चा रोगले ग्रस्त अजीर्ण जागेर।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शुभ प्रभात

पूर्बपट्टी उज्यालोको फिलुङ्गो देखिदै गयो।
गाउँघरमा भयो चल्मल निद्रा हराउँदै गयो।
बास्न थाले चराहरु हराए जुनकिरीहरु।
धन्दा गर्न जुटेका छन् घर-घरका गृहिणीहरु।

डोकानाम्ला सबै जागे हसिँया-खुर्पा पनि उठे।
कोदाला र हला ब्युँझे आ-आफ्ना काममा जुटे।
जाँतो-ढिकी सबै जागे दैनिकी सुरु भैसक्यो।
गाई-भैँसी सबै ब्युँझे उज्यालो छ्याङ्ङ भैसक्यो।

ऐले पनि सुत्या होलान् सहरका गृहिणीहरु।
ब्युँझेहुन् भिडियोहरु टी भी का सिरियलहरु।
कम्प्युटरहरु जागेहुन् जागेहुन् फिल्महल हरु।
होटल ब्युँझीसके होलान् सुतेहुन् डान्सबारहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आज कृष्ण जन्माष्टमी

बावुको तिथी बिर्सिएँ,
अनी कबै शम्झिन्न आमा कन।
आफ्नाको कसरी म
अशंझनु तिथी आफ्नु पनि जानिन।
तिम्रो जन्म तिथी छ कन्ठ मनमा बिर्सिन सक्थेँ कहाँ।
बिर्सेला भनी बर्ष दिन अघिनै लेख्या छु पात्रो महाँ।

अम्मरछौ तिमी आज सम्म जगमा कङ्सादि
को बध गरी।
अत्याचारी र क्रुर शासकहरु मासेर रज्गज गरी।
ती निर्धा निमुखाहरु सँग मिली,अन्याय निर्मुल गरी।
राख्यौ किर्ती जगत भरी जहीँतहीँ नमेटिने छापसरी।

तिम्राझैँ गरी छाप बन्न
म पनि तम्सेँ अलिबार
यहाँ।
ताल सुर केही मिलेन
बादल सरी घुन्दैछु नेपालमा।
पापी कङ्सहरु सबै जीबीत छन,मारेँ निमुखाहरु।
छोयो लोभ र पापले
अनि म नै कङ्सै बनेछु
बरु।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनुहार देखिदैन

आफ्नो अनुहार देखिदैन, ऐना हेरिँदैन।
जति ऐना हेरेपनि, मुहार फेरिदैन।
अनुहारमा मैला लागे, पराईले देख्छ।
सफा पारी राखौँभने, आफ्नै नाकले छेक्छ।

आफ्नो मुहार नदेखे नी, अरुको त देखेँ।
आज सम्म जे जे देखेँ, त्यही यसमा लेखेँ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तीर्सना

चौरासी पछिका बूढाबूढी पनि स्याँस्याँ गरी हिड्दछ्न्।
खोज्छन केही मिल्यो कतैतिर भने सारै खुशी मान्दछन्।
ओछ्यानमा थलिएर दिनहरु गनी बस्नु परेता पनि।
एकछिनमै उडी सास जान्छ कि भनी पर्खी बसेता पनि।

गर्छन् लोभहरु अनेक तरहका नासिन्छ कि क्यै भनी।
आयो कोही नजिक भने खुशी हुने ल्यायो कि केही भनी।
भोलि जानुछ छोडी सब चिजहरु जेजे भएता पनि।
जानेरै पनि तीर्सना रहिदिने कस्को खटन हो त नी।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दृष्टि

एउटै आकृति हो तथापि किनहो ब्याख्या अनेक आउँछ।
एउटाले भूत देख्छ तेही चिजमा कोहि देबता पाउँछ।
एउटा पुज्दछ फूलले अबिरले अर्को घिनाउँदछ।
आ-आफ्नो गुण दृष्टिबाट दुनियाँ संसार अर्थ्याउँछ।

एउटा ठान्दछ पाप सोही अरुका संस्कारमा पर्दछन्।
एउटै कानुनलाई बिज्ञहरुले ब्याख्या फरक गर्दछन्।
अन्तिम सत्य कुनै रहेनछ यहाँ हेराइ मात्रै रहेछ।
मृत्यूलाई पनि फरक नजरले छुट्टै बयान गर्दछ।

बास्ना पाउँछ कोही कोही त्यसमा दुर्गन्ध भेट्टाउँछ।
काँडाघारी भनेर हेप्छ त्यसमा कोमल गुलाफ पाउँछ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आमा

मलाई बोकीकन मेरी आमा।
थाकेर सुत्थिन् घरको कुनामा।
जन्माइ भैमा धरती सिँगारिन्।
खुब दु:ख खेपिन् जिऊजीर्ण पारिन्।

भोकै बसी आफू छाती चुसाईन्।
कोच्याई ख्वाईन् र आफू अघाईन्।
खोजेर ख्वाईन् दिनहुँ नुहाईन्।
सेकेर तापेर ठूलो बनाईन्।

पोसेर पालिन् बलियो बनाईन्।
खोजेर बुहारी जिम्मा लगाईन्।
म घुम्छु ऐले दुर देशमाहा।
आमा रुँदै छँन् घरकै कुनामा।

राखेर फोटो सञ्जाल माहा।
के पाउलीन् ख्वै बुढी मेरी आमा।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •