असार लाग्यो किसान दाजु,
धान खेती लगाऊँ।
खेतमा पस्दा हिलो र मैलो,
घैँटोमा लगाऊँ।
सबैको घरमा गमला हुन्न,
घैँटोमै फलाऊँ।
पुरानो ढर्रा छाडिदिऊँ अब,
खेत बारी बज्याऊँ।
धानका बाला झपक्कै फल्छ,
घैँटोमा लगाऊँ।
सबैको घरमा गमला हुन्न,
घैँटोमै फलाऊँ।
संसारलाई प्रविधि दिऊँ,
नेपाल चिनाऊँ।
विश्वको यता नजर परोस,
घैँटोमा लगाऊँ।
सबैको घरमा गमला हुन्न,
घैटोमै फलाऊँ।
नजोत खेत नपाल गोरु,
तरिका सुधारौँ।
गाग्रा र घैँटा गमलाभित्र,
मारसी धान उमारौँ।
गरिब किसान नेपाली हामी,
खेत बारी थोरै छ।
गमला खोजी रोपाइँ थालौँ,
समय थोरै छ।
नगरौँ ढिलो अबेर होला,
घैँटोमा लगाऊँ।
सबैको घरमा गमला हुन्न,
घैँटोमै फलाऊँ।
