परेको छ पानी, परेको परेइ
कराउँछ खोला, सुनिदैन केही
झरेको छ पहिरो, झरेको झरेइ
हराउँछ मान्छे, बिलाउँछ त्यँही
लगातार पानी, लगातार खोला
लगातार पहिरो, कता जानु होला
अचम्मै भयो लौ, कसो गर्नु होला
क्षणैमा खतम भै, बितिजान्छ चोला
बगे धेर मान्छे, डुबे धेर गाउँ
कता भागी जानु, कतै छैन ठाउँ
सुनाउँनु कहाँ, उजुर गर्न जानु
न निद्रा छ राति, न भो बस्नु खानु
