आश्मा खनाल
बुवा
बुवा..शब्दोच्चारण मै प्रेम छ्चल्किएको छ
सुन्दर मुहारमा उत्कृष्ट बाबुको विशुद्ध माया झल्किएको छ
सन्ततिकै प्रेममा बुवाको सपना नौनी झै सल्सल पग्लिएको छ
सुखरुपी शितलता प्रदान गर्ने छहारी बने तीँ हातहरु
सफलता तर्फ डोर्याउने पथप्रदर्शक बने तीँ बातहरु
हरेकक्षण lलड्लि भनी दिएका तीँ साथहरु
कथा सुन्दै बुवाको काखमा निदाएका तीँ रातहरु
