भोको उदरलाई जसोतसो भर्न सिकायौ
सुन्दर जीवनमा हाँसी हाँसी मर्न सिकायौ
पीडालाई दबाई अधरमा मुस्कान भर्न सिकायौ
हे समाज ! आज तिम्ले मलाई लेख्न सिकायौ
रित्तो यो मनलाई अनेकौँ भाव बोक्न सिकायौ
आफन्तमाझ उभि मायाको खोजीमा लड्न सिकायौ
कुसंगतलाई कुल्ची सत्मार्गमा अघि बढ्न सिकायौ
गिद्वे नजर बीच आत्मबलले शिर उभ्याइ शिखर चढ्न सिकायौ
हे समाज ! आज तिम्ले मलाई लेख्न सिकायौ
रित्तो यो मनलाई अनेकौँ भाव बोक्न सिकायौ
बाबाको प्रेम कस्तो हुन्छ ज्ञात थिएन
साथीको साथ कस्तो हुन्छ आभास थिएन
औँसीमा रुमलिएको जीवनमा यो पूर्णिामाको रात थिएन
कालो रातमा सुबर्ण रविको आश गर्न सिकायौ
मस्तिष्कमा अनेकौं ज्ञान भर्न सिकायौ
हे समाज ! आज तिम्ले मलाई लेख्न सिकायौ
रित्तो यो मनलाई अनेकौँ भाव बोक्न सिकायौ
सर्वश्रेष्ठ प्राणीको स्वार्थी समाजमा दु:ख थेग्न सिकायौ
अनेकौं पीडालाई शब्द मार्फत पोख्न सिकायौ
थकित यी हस्तका औंलालाई कलमरुपी हतियार बोक्न सिकायौ
हे समाज ! आज तिम्ले मलाई लेख्न सिकायौ
रित्तो यो मनलाई अनेकौँ भाव बोक्न सिकायौ
