बुवा..शब्दोच्चारण मै प्रेम छ्चल्किएको छ
सुन्दर मुहारमा उत्कृष्ट बाबुको विशुद्ध माया झल्किएको छ
सन्ततिकै प्रेममा बुवाको सपना नौनी झै सल्सल पग्लिएको छ

सुखरुपी शितलता प्रदान गर्ने छहारी बने तीँ हातहरु
सफलता तर्फ डोर्‍याउने पथप्रदर्शक बने तीँ बातहरु
हरेकक्षण lलड्लि भनी दिएका तीँ साथहरु
कथा सुन्दै बुवाको काखमा निदाएका तीँ रातहरु

क,ख लेख्न सिकाउने ती हातले कहिल्यै मलाई पिटेनन्
पाइला चाल्न सिकाउने तीँ पाउले कहिल्यै मलाई जितेनन्
सुन्दर सपना बुनेका ती मनले मेरा कुनै इच्छा मेटेनन्
बुवाको विचारमा चालेका यीँ पाइलाले कुनै ठाँउ ढुङ्गा भेटेनन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *