Skip to content

सांगीतिक रात


संगीत र सरगममा डुबेको त्यो रात थियो
युगल जोडी झैं हाम्रो मनमा प्रेमको आभास थियो

उनीसँग मेरो र मसँग उनको साथ थियो
मौनता मै भइरहेको मिठो हाम्रो बात थियो
संगीत र सरगममा डुबेको त्यो रात थियो
युगल जोडी झैँ हाम्रो मनमा प्रेमको आभास थियो

दुईजनाकै मुस्कानमा प्रेमको आभास थियो
इशाराको बोलीमा त्यो नयनको साथ थियो
संगीत र सरगममा डुबेको त्यो रात थियो
युगल जोडी झैँ हाम्रो मनमा प्रेमको आभास थियो

पहिलो भेटमै मिले मन न त कुनै धर्म थियो न त कुनै जात थियो
हर्षित थिए दुवैजना जुनेलिको साथ थियो
संगीत र सरगममा डुबेको त्यो रात थियो
युगल जोडी झै हाम्रो मनमा प्रेमको आभास थियो

2 thoughts on “सांगीतिक रात”

  1. हर्षित थियाैं दुवैजना
    हर्षित थियाैं दुवैजना जुनेलिको साथ थियो

    यसाे पाे हुनु पर्थ्याे कि बैनी । गजल सुन्दर मनमाेहक छ । सुमधुर गजलका लागि धन्यवाद ।

  2. धन्यवाद
    सुझाव को लागि धेरै धेरै धन्यवाद दाजु….मलाई पनि त्यस्तै हुनुपर्ने लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *