कलम कापी नै मेरा आत्मीय साथी
जसले मलाई साथ दिन्छन्
जब भावविह्वल भै म निराशिन्छु
आफ्ना सहयोगी हात दिन्छन्
तिन्कै साथमा बिताएका
कयौं आधा रात हुन्छन्
मिठास र नैराश्यता मिश्रित
अमूल्य हाम्रा बात हुन्छन्
कलम कापी नै मेरा आत्मीय साथी
जस्ले मलाई साथ दिन्छन् ।
कापीरुपी प्रिय मित्रलाई
भावर्पण गर्दा कलम मेरी सखी बन्छे
मेरा शब्दमा डुबुल्की मार्दै
अन्तर हृदयका पीडालाई मसीमा पोखिदिन्छे
मनका भारी कयौं शब्द
सकिनसकी बोकिदिन्छे
यी आँखामा सिर्जित जलविन्दुलाई
कपिले सजिलै सोसिदिन्छे
हाम्रो सुन्दर संसारमा
दिनभन्दा प्रिय चकमन्न रात हुन्छन्
कलम कापी नै मेरा आत्मीय साथी
जसले मलाई साथ दिन्छन् ।
2016-10-22 11:17:14 +0000
