Skip to content

ओनिक अज्ञात

Adina Birthday

छोरीको जन्मदिनको शुभकामना

(छोरी – Adina Singh को जन्मदिनको उपलक्ष्यमा रचेको छोटो कविता )

कलिला हात कलिला खुट्टा,
बढाऊ प्रगतिको पथमा,
आमा-बुवाको आशिष् सधै,
रहिरहन्छ तिम्रो साथमा

बिकास कहाँ छ ?

जनतालाई यहाँ, आफ्नो देशको छ चिन्ता,
नेतृत्वलाई यहाँ, घ्याम्पे भूडीको छ चिन्ता,

लखेट्दै मार्दैछन्, सिंहले निरिह प्राणीलाई,
बकुलोलाई यहाँ, गुड्ने कुर्सीको छ चिन्ता,

Maile Yo Ke Dekhe by Onic1

मैले यो के देखे ?

(अवस्था : बिछोड भैसकेको प्रेमिकालाई अचानक एकदिन देख्दा)

आज, बाटोमा हिडेकी मेरी प्राण देखें,
तर धेरैपछि उनको त्यो मुस्कान देखें,

हिमनदी झै चाल, सुस्तरी सुसाउँने,
तर कमलो छातीमा दरो चट्टान देखें,

तिम्रो असली रूप

माछा बस्ने पोखरीमा विष घोलेरै गयौ,
मेरो एक मुट्ठी बाँकी साँस थुनेरै गयौ,

सुन र चाँदी दिन सकिन, म तिम्रै थिएँ नि,
सारा दोष र लाञ्छना म माथि थुपारेरै गयौ,

timthumb copy1

तिम्रो खुशीमा बाच्नेछु

प्रशंसा गर या घृणा गर,
खरबौ मान्छेहरूमा केवल तिमीलाई नै रोजे,
ताली बजाऊ या गाली गर,
मुटुको धडकन अनि यौवन तिमीलाई नै सुम्पे,

प्रेमकथामा ठूला ठूला युद्ध भएको देखेको छु,
तर बिछोड कहाँ हुन्छ र,
प्रेम-तपस्यामा सारा सर्वस्य गुमेको देखेको छु,
तर रित्तिने कुरा कहाँ हुन्छ र,

तिमी र ममा फरक

तिमी शहरमा
म गाँउमा
फरक यति छ
तिम्रो आयु छोटिदै छ
तर, मेरो बढ्दै

तिमी पिजा र बर्गर खान्छौ
म सिस्नु र साँग
फरक यति छ
तिमी रोगी भई रहन्छौ
तर, म तन्दुरूस्त र स्वस्थ्य

म यात्री

म यात्री हुन्छु, जब जीवन, यात्रा बनि आउँछ,
खेलाडी बन्छु, जब जीवन, खेल बनि आउँछ,

अरबौ मुहार टल्किन्छन्, यो जगत पटाडगिनीमा,
प्रशंसक बन्छु, जब जीवन, सुन्दरता बनि आउँछ,