म यात्री हुन्छु, जब जीवन, यात्रा बनि आउँछ,
खेलाडी बन्छु, जब जीवन, खेल बनि आउँछ,
अरबौ मुहार टल्किन्छन्, यो जगत पटाडगिनीमा,
प्रशंसक बन्छु, जब जीवन, सुन्दरता बनि आउँछ,
भाग्यले नदिए पनि, बौदिकताले फल खोस्नुपर्छ,
सहभागी हुन्छु, जब जीवन, अवसर बनि आउँछ,
परिवार, समाज र देशलाई प्रेम-पुष्पले सिंगार्नु पर्छ,
सबै स्वीकार गर्छु, जब जीवन, उपहार बनि आउँछ,
जन्मभूमी र कर्मभूमी, जीवन-रथका दुई पांग्राहरू,
मैदानमा कुद्छु, जब जीवन, मिसन बनि आउँछ,
भ्रम-जालमा नफसी, द्रिष्टी केवल जित बिन्दुमा,
निरन्तर लड्छु, जब जीवन, संघर्ष बनि आउँछ,
– Onic Agyat
– Jiwan Yatrama (Facebook Page)
