Skip to content

हाम्रो प्रेम

Onic Agyat


उजुरी हाल्दिन, तिम्रो बिरूद्ध, प्रेममा,
सधैं कहाँ फूल, कहिले काँडा, प्रेममा,

घनिस्टतामा छौ र त, हामीसँगै छौ,
सधैं कहाँ मिठो, कहिले तितो, प्रेममा,

चम्किदैछन्, हाम्रो सम्बन्धको प्रतिक,
सधैं कहाँ हर्ष, कहिले तनाब, प्रेममा,

अटुट मिलन, ढुकुरको जोडी सरी,
सधैं कहाँ दिन, कहिले रात, प्रेममा,

क्षणिक झगडा हुँदा, खुट्टा भट्ठी तिर,
सधैं कहाँ भात, कहिले मात, प्रेममा,

– Onic Agyat
– Jiwan Yatrama (Facebook Page)


Leave a Reply

Your email address will not be published. Required fields are marked *