जनतालाई यहाँ, आफ्नो देशको छ चिन्ता,
नेतृत्वलाई यहाँ, घ्याम्पे भूडीको छ चिन्ता,
लखेट्दै मार्दैछन्, सिंहले निरिह प्राणीलाई,
बकुलोलाई यहाँ, गुड्ने कुर्सीको छ चिन्ता,
बन्दैछ, बेरोजगार बलिको बोका, बिदेशमा,
स्यालहरूलाई यहाँ, रात्री मोजको छ चिन्ता,
बग्दैछ पसिनाको नदी कतै, दुई छाँक टार्न,
सर्पहरूलाई यहाँ, बिशाल भोजको छ चिन्ता,
कलिला हात-खुट्टा पनि बिकासमा तल्लिन,
कागहरूलाई यहाँ, जादुई भोटको छ चिन्ता,
फसेको छ मातृ-भूमी आज, धुर्तको पंजामा,
गिद्धलाई यहाँ, सुसज्जित महलको छ चिन्ता,
……….जय देश, जय नेपाल आमा ……….
– Onic Agyat
-Jiwan Yatrama (Facebook Page)
