Skip to content

तिम्रो असली रूप


माछा बस्ने पोखरीमा विष घोलेरै गयौ,
मेरो एक मुट्ठी बाँकी साँस थुनेरै गयौ,

सुन र चाँदी दिन सकिन, म तिम्रै थिएँ नि,
सारा दोष र लाञ्छना म माथि थुपारेरै गयौ,

अरूको महल भन्दा आफ्नै झुपडी स्वर्ग हुन्छ,
पसिनाले टालेको पराले छाना जलाएरै गयौ,

बाहिरी सुन्दरतामा भुल्यौ, यथार्थ जानिनौ,
बैगुनीको छुरा मुटुमा घोपी, नदी तरेरै गयौ,

भाेको रही, तिम्रो इच्छा र जिउ सजाउँदै गए,
म गुनी, दुब्लो पातलोको रगत चुसेरै गयौ,

हिरा मोती मात्र, मन र मुटु मुल्यवान ठानिनौ,
भावनालाई बुझिनौ, असली रूप देखाएरै गयौ,

– Onic Agyat
-Jiwan Yatrama (Facebook Page)


Leave a Reply

Your email address will not be published. Required fields are marked *