Skip to content

तिमी र ममा फरक


तिमी शहरमा
म गाँउमा
फरक यति छ
तिम्रो आयु छोटिदै छ
तर, मेरो बढ्दै

तिमी पिजा र बर्गर खान्छौ
म सिस्नु र साँग
फरक यति छ
तिमी रोगी भई रहन्छौ
तर, म तन्दुरूस्त र स्वस्थ्य

तिमी जाँडको पानी खान्छौ
म मुहानको
फरक यति छ
तिमी पैसा तिरेर लिन्छौ
तर, मैले मुहान धाउनु पर्छ

तिमी मोटर चढी यात्रा गर्छौ
म डाँडा काँडा चढेर
फरक यति छ
तिमी ग्याँसटिक र ब्लड-प्रेसरको
शिकार हुन पुग्छौ
तर, मेरा पाखुराहरू
बलिया र दरो हुन जान्छन्

तिमी ग्याँस र इन्डकसन चुल्लोमा
खान पकाउने गर्छौ
म दाउरामा
फरक यति छ
तेल मसला जति हाले पनि
स्वाद बदलिएर जान्छ
तर, दाउराले स्वाद थपि दिन्छ,

तिमी गगन चुम्बी महलमा बस्छौ
म छानोमा
फरक यति छ
तिमीलाई छिमेकीले चिन्दैनन
तर मलाई आफ्नो गाउँले मात्र हैन
टाढाका छिमेकी गाउँहरूले पनि खोज्छन्

तिमी डिस्कोमा नाच्छौ
म लोक भाकामा
फरक यति छ
तिमीलाई बिदेशी धुन मन पर्छ
तर, मलाई राष्ट्रिय धुन

– Onic Agyat
– Jiwan Yatrama (Facebook Page)

Leave a Reply

Your email address will not be published. Required fields are marked *