Skip to content

ध्रुव मधिकर्मी

एकताको प्रवचन

  • by

एकता नरूचाउने को होला ? को होला एकताको विरोध गर्ने वा एकता भाँड्ने ! यतिबेला त एकता र मेलमिलापको घनघोर विरोधी पनि एकताको बारेमा अत्यन्त सकारात्मक भएको दावी गर्छ । त्यो पनि यस्तो बेला जतिबेला एकताको व्यापक चर्चा परिचर्चा चलिरहेको होस् ! यस्तो बेला त वर्षौं झगडा गरेर बसेकाहरू पनि एकताको आवश्यकतामा एकजुट हुन्छन्, जुरमुराउँछन् ।

जाममा

  • by

ऊ त्यहाँ पुग्दा जाम शुरु भइसकेको थियो । बाटोभरि बस, मिनीबस, टेम्पो, ट्याक्सी, साइकलहरूको ठेलमठेल थियो । न बढ्नलाई बाटो थियो, न र्फकने ठाउँ नै । अब अस्पताल पुग्न घण्टौ लाग्ने भयो । यसैबेला उसको मोबाइल बज्यो ।

हेलो, म डेभिड बर्नर ।

आन्दोलनको अध्ययन

  • by

विद्यार्थी आन्दोलनमा नेतापुत्र पनि जोशिएर भाग लिइरहेका थिए । शुल्कवृद्धिलाई लिएर त्यसको विरोधमा आन्दोलन चलिरहेको थियो । आन्दोलन विस्तारै चर्कंदै जान थाल्यो । दिनहुँ जसो प्रहरीसित आमनेसामने हुन्थ्यो तर आज त मुठभेडको स्थिति नै आयो । विद्यार्थीमाथि अश्रुग्यास र लाठी प्रहारले गर्दा आन्दोलनले अब क्रमशः राजनैतिक चोला हाल्दै गयो।

ढुङ्गा

  • by

बाटो छेउको त्यो ढुङ्गालाई मान्छेहरू वर्षौंदेखि पूजा गर्दै आइरहेका थिए । ढुङ्गा चिप्लो र राम्रो थियो । त्यसैले कसैले आकषिर्त भएर त्यसलाई थपक्क स्थापना गरेर पूजा गरिदिएको हुनुपर्छ । निरन्तरको पूजा, फूल, अक्षता र अबीरले गर्दा ढुङ्गा दर्शनीय देखिन्थ्यो । त्यसैले बाटोमा हिँड्नेहरू त्यसलाई यसो ढोगेर, घुमेर र पूजा गरेर जान्थे ।

भुत्ते हतियार

  • by

ऊसित चमचम चम्कने धारिलो खुकुरी छ। ऊ त्यसलाई हरदम बोकेर चोक, गल्ली र टोलबजार घुम्ने गर्छ। ऊ बाटोमा हिँड्दा पनि कुनै हिंस्रक जन्तुझैँ फर्कीफर्की यताउति घुर्दै घुर्दै हिँड्ने गर्छ। उसको कुरा नसुन्ने, उसलाई नमान्ने जोसुकैलाई पनि ऊ भेटेकै ठाउँमा अँठ्याउँछ। त्यसैले टोलबजार छरछिमेकका सबै ऊसित सतर्क छन् र उसको सामु पर्नासाथ अदबपूर्वक नमस्कार गर्छन्। ऊ जहाँबाट गुज्रन्छ त्यहाँ करतलध्वनि बज्छ। स्वस्तिको लहर चल्छ।