Skip to content

धेरै धेरै माथि पुग्ने यस्तो सोच तिमी (बाल गजल)

  • by


धेरै धेरै माथि पुग्ने यस्तो सोच तिमी
जीवनको लक्ष्य भेट्ने बाटो खोज तिमी

फेरि फेरि अनुहार झुक्याउन आउला
तर सत्यलाई नै सधैँभरि रोज तिमी

पर्खादैन समयले कसैलाई नि हेर
गढ्ने गरी यसलाई मनमा कोर तिमी

भागी भागी हिँड्यौ भने सधैँ पछि पछ्र्यौ
आफैँलाई उछिन्न युगलाई बोक तिमी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *