Skip to content

उडाइ लग्यो सानो संसारको छानो

रहेन अस्तित्व तिम्रो अब
खै! तिम्रो रूपको महत्व
अनि खै तिम्रो मीठो
अभिनयको औचित्य ?
सब छताछुल्ल भए
तिम्रा भावनाहरू ,
अनि धमिला बागमतीमा
अनुवाद भयो तिम्रो त्यो
निस्कलंक कुमारीत्व ।
“नम्र”लाग्दथ्यो तिम्रो स्वभाव
“नम्रता”नाम पाए झैं
शालिन लाग्दथ्यो तिम्रो मुहार
प्रकृतिले बरदान दिई सजाए झैं
त र अब लाग्यो …………,
तिम्रो स्वभाव र तिम्रो सौन्दर्य
केवल तिमी बिपरित भएर
कलंकको आँधीबेहरी बनेर
तिमीलाई छल्नलाई
तिमीमा मन्त्रमुघ्ध बनेर छाएछ
अनि तिमी बहकियौ
रूपको कालो बजारमा
या त फँस्यौ कसैको जाली मोहमा ?
या त तिमीमा दैत्यरुपी सोँचले
डेरा जमायो ,
वा त तिमी कसैको स्वार्थी मोहमा
लिप्त बनेर पागल बन्यौ ।
भन्छन कहिले कही मानव सोँचमा
दानवले बास गर्छन्
अनि बहकिन्छ मन,
हो कहिले मन चँचलताको परकाष्ठा
नाघ्न पुग्छ
अनि कलुषित बनेर
पाइला डग्मगाउँछ आँफैमा
भुइँचालो मचाएर ,
ध्वस्त बन्छ सपनाको महल
उडाइलान्छ “सानो संसारको छानो”
अनि सर्वांग नग्याइदिन्छ
जिन्दगीको बस्त्र च्यातिँदै,च्यातिन्दै
सुस्त सुस्त ……………,
हो यही नियती भोग्नु पर्यो तिमीले
बैंश र रूपको आडम्बरमा फँसेर ,
अब सोच्दै हौला पश्चतापको दिन गन्दै
आत्माग्लानीको ज्वालामा दन्केर ।                                                                              
 
(समर्पित उनै मीठो गल्ती गर्ने यौवनालाई )

1 thought on “उडाइ लग्यो सानो संसारको छानो”

  1. प्रभा जी सौन्दर्यता को आवरण
    प्रभा जी सौन्दर्यता को आवरण भित्रको कुरुपता लाई शब्दमा उतारेर छताछुल्ल परिदिनुभएछ. (ब्यग्तिगत जीवन हरकसैको हुन्छ तर पर्खाल भित्र ) बिकृति को परकास्टा नेपाली समाज ले पचाउन सक्दैन साहित्य मार्फत यसको अगुवाई गर्नुभएको मा धन्यवाद .

    विमल गौतम
    साउदी अरेवीया

Leave a Reply

Your email address will not be published. Required fields are marked *