म छु बिश्वस्त गरेनौ शायद, मेरो मायालाई तिरष्कार
अनि सोच्दैछु फेरि यो पनि, गर्ने छैनौ मनबाट बहिष्कार ।
तिम्रो माया जिउने आधार भयो, अनि आश्वासन जीवन
जीत भयौ तिमी यसै मेरो, अनि भयौ जीतको पुरस्कार ।
ठान्दछु म मन स्वच्छ भए, पाईन्छ मीठो खुशीको बरदान
कुन ईश्वर हो त्यो जस्ले, रच्यो तिम्लाई गर्दछु म नमस्कार।
हो भावना र चाहनाले रोज्यो तिम्लाई, यस्मा मेरो के दोष ?
थाहा छ मलाई यो पनि, तिमीमा छैन मेरो पूर्ण अधिकार ।
(९/२९/ २००९ साँझ )
अमेरिका
“थाहा छ मलाई यो पनि, तिमीमा
“थाहा छ मलाई यो पनि, तिमीमा छैन मेरो पूर्ण अधिकार”
प्रभा जी
अर्ध अधिकार स्थापित गर्दै कसको भाग खोस्न खोज्दै हुनुहुन्छ महिलाको सत्रु महिला नै हुन्छ भन्ने आहान चरितार्थ नगरौ है
विमल गौतम
साउदी अरेबिया
बिमल जि,गजल पढिदिनु भएकोमा
बिमल जि,गजल पढिदिनु भएकोमा धन्यवाद, यदी लेखेकले लेखेका सबै यथार्थ हुने भए त किन कबी लेखकहरु दुखित हुन्थे ?भावना कसैको पोख्न पनि लेख्न सकिन्छ र यि भावनाहरु कसैसँग गाँसिएका पनि हुन्छन। रचना तयार गर्न सबै कुराको परिबन्द मिलाउन पनि लेख्न कर लाग्छ। संसारमा त्यो कुरा पनि त असम्भव छैन नि हैन र ?के भएको छैन भन्नु न ?त र यो मेरो केवल भावना हो कृपया मेरो चिन्ता नगर्नु होला बरु कमी कामजोरी मा आँखा पुर्याइ मलाई सहयोग गर्नु भएमा आफुलाई भाग्यमानी ठान्दथे।