Skip to content

मन फुलाऊ जिन्दगी


नमान पीर हँसाऊ मन फुलाऊ जिन्दगी
हाँसोले हेर पीडाले हैन खुलाऊ जिब्दगी ।

एउटै छैन सबैको कथा अनौठो संसार
खुशीले नाँच दु:खले हैन झुलाऊ जिन्दगी ।

बाँचेर हेर हर्षले यहाँ जीवन सजाई
हर्षले बाँच ब्यथाले हैन डुलाऊ जिन्दगी ।

रित्याइदेऊ मनको पीर खुलस्त बनेर
हाँसेरै नाँच डरले हैन भुलाऊ जिन्दगी ।

(झ्याउरे लयमा ३ +२, ३ +२, ३ +३,मात्रा मा गजल लेखन अभ्यास सबैको तारतम्य  मिलाउँदा कहिं न कहिं त चुकी हाल्छ त र पनि प्रयास जारी छ ) 

1 thought on “मन फुलाऊ जिन्दगी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *