लक्ष्मीचोकदेखि भानुचोकसम्मको यात्रा
२०६२ सालको पौष २५ गतेको दिन थियो । कार्यालय काम विशेषले सुनसरीको इटहरीस्थित सैनिक क्याम्पमा पुगेको थिए । काठमाडौंकै जस्तै हातखुट्टानै कमाउनेखालको जाडो नभएपनि हुस्सु चाहिं लागिसकेको थियो । इटहरीसम्म पुगिसकेपछि धरान जस्तो धार्मिक तथा पर्यटकीय महत्वको नगरीसम्म नपुगी फर्कनु यात्रा अधुरै हुने जस्तो लाग्यो । त्यसैले व्यस्तताडको वावजुद पनि धरान पुग्ने निधो गरें । इटहरीबाट धरानस्थित फुस्रे क्याम्पसम्म जाने गाडी भेट्छु । बिहान नौ बजिसकेको हुन्छ ।