मृत्युहरू !
भिन्न भित्र रूप धारण गरी
प्राणी सामु
कुनै न कुनै समय
थाहै नदिई
खुसुक्क पसिदिन्छ
दुःखद् घटना बनी
कुनै कालगतिरूप धारण गरी
कुनै अकालकै रूपमा
मृत्यू जुनरूपमा आएपनि
दुःखद् नै बनेर जान्छ
अशान्तसँगै पल्किएको काल
हत्याको रूपमा
अपहरणको घटनासँगै
बलत्कारका शिकार बन्दै
हरेक दिन/ हरेक रात
कालहरू भिन्न भिन्न रूप धारण गरी
प्राणीको प्राण हर्न
त्यसभित्रका कारणहरू
कसैको सत्ता प्राप्तीको स्वार्थ
कसैले शान्ति सुरक्षाको नाउँमा
लिइएको हत्याको साहारा
त्रास पारिरहेछन् प्राणीलाई
मृत्युका यी रूपहरूले ।