प्रेम प्रस्ताव
सुन्दरीको मुहार
बगली रित्यो ।


पत्‍नी भनेको
इमान्दार नोकर्नी
साथ अरु मै ।


शीतको थोपा
बिहानी किरण त्यो
रूख त रित्तो ।


मुटुमै बसी
सडककी मायालु
घरमा रित्तै ।


तिम्रो तस्वीर
मेरो हृदयभित्र
छटपटायो ।


मायाको डोरी
मुलायम कपास
फुस्स फुस्कियो।

-चरखण्डी, भक्तपुर ।
[email protected]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “छ हाइकु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *