सीताराम नेपाल
लोकतान्त्रिक बढुवामा म
म कर्मचारी मात्र हुँ कि लेखक ? म आफैँलाई थाहा छैन । म लेखक कम कर्मचारी हुँ कि, कर्मचारी कम लेखक हुँ, छिनोफानो भएको छैन । ऋणपन गरेर वा आधा पेट भए पनि खानचाहिँ कर्मचारी भएबापत पाएको छु तर जागिरसँग म खुसी छैन । म लेखनीबाट भने मोहित भएको छु, त्यसैमा मलाई आनन्द छ । गौरव लाग्दछ लेखक हुन पाएकोमा तर म पेसाले कर्मचारी छु । २५ वर्षदेखि सरकारी नोकरीमा उनिएर पेट पालना गर्दैआएको छु । मैले कहरमा जागिरे डुङरगा र रहरमा लेखकीय डुङ्गामा एकैसाथ शयर गर्न खोजेको रहेँछु क्यार ।
आदर्शको अवशान
उत्तर-दक्षिण तन्किएको त्यो माझ घरको बगैँचामा सिसौ, कटहर, आँप, मेवा र केराको घारी थियो । तिनै रूख बिरुवाका पात -पातमा, हाँगा-हाँगामा बसेर सधैँभरि गीत गाउने चराहरू त्यस दिन कहाँ गएछन् कुन्नि त्यो घरमा बिहानैदेखि चारैतिर सन्नाटा छाएको थियो । चैत महिना, हावाहुरी चल्ने मौसम भए पनि हावा ठ्याम्मै चलेको थिएन । बिहान बूढो हुँदै गएकोले सूर्यको न्यानो प्रकाशले पोल्न लागेको थियो । गाउँलेहरू सबैतिर छरिएका हुनाले अँागन, दलान, बाटोमा पाइला राख्ने ठाउँ थिएन ।

ठुलाहरू भन्दै थिए -“सिंहदरबार गाउँ गाउँमा पुर्याउछौँ ।”